२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ। संसद भवनमा बस्ने बैठक बिहान ११ः१५ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

जसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूमा मन्त्री डिपी अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूमा मन्त्री सुमना श्रेष्ठ, गृह मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूमा मन्त्री रवि लामिछाने, अर्थ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूमा मन्त्री वर्षमान पुनले जवाफ दिनेछन्।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधान तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रक्षा मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यस्तै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत भएका छलफलमा सम्बन्धित निकायका व्यक्तिले जवाफ दिनेछन्।

राष्ट्रिय सभा सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्षले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकशरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन्।

त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ मथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

प्रकाशित: २१ असार २०८१ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App