२४ वैशाख २०८१ सोमबार
image/svg+xml

वायु प्रदूषणः पर्यटन क्षेत्र पनि प्रभावित, हवाई उडानको टुंगो छैन, खुसी छैनन पाहुना

वन डढेलोले वायु प्रदूषणमा असर त परेको न छै, त्यसको मार पर्यटनमा पनि पार्न थालेको व्यावसायीको चिन्ता छ। तीनदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उडान पनि प्रभावित छन। दृष्यावलोकन गर्न नपाएको, धुुँवाले बसिरहेको रिसोर्ट घेरेको पाहुनाले गुनासो गर्न थालेका छन। पोखराको आकाशमा हुने साहसिक गतिविधिका उडान प्रभावित भएको व्यावसायीले बताएका छन। उडान भइहाले पनि मनोरम दृष्य देख्न नपाएको पाहुनाको गुनासो हुने गरेको छ।

काठमाडौँको वायु प्रदूषण खतराको तहभन्दा माथि, दिउँसो थप घातक स्थितिमा पुग्ने चेतावनी

काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज दिउँसो घातक स्थितिमा पुग्ने चेतावनी दिइएको छ।

काठमाडौंलाई प्रदूषणबाट बचाऔं!

विश्वकै प्रदूषित सहरको सूचीमा राजधानी काठमाडौँ पहिलो नम्बरमा रहेको समाचार प्रकाशित भएपछि अधिकांश सर्वसाधारणले सरकार, राजनीतिक नेतृत्व र मेयरलाई बधाई दिए।

सोमबार देशका १३० स्थानमा ‘डढेलो’, अझ बढ्छ वायु प्रदूषण

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ।

किन काठमाडौँ विश्वकै प्रदूषित सहर ? चिकित्सक भन्छन्, ‘घरबाहिर ननिस्किनुस्’

डा.बमले शरीरका अधिकांश अङ्गलाई असर गर्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको सङ्ख्या बढेको विभिन्न अध्ययनहरूले देखाएको बताए।

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम

चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ।

सगरमाथा आरोहीले आफ्नो मलमूत्र आफैं ल्याउनुपर्ने

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अबदेखि सगरमाथा आरोही स्वयंले आफ्नो मलमूत्र प्लास्टिक झोलामा पोको पारी राख्ने र फर्कंदा तल ल्याउनुपर्ने थिति बसाल्ने नीति ल्याएकाे छ।

थाइल्याण्डमा प्रदूषण बढ्यो, कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको हो।

प्रदूषण घटाउन पार्किङ शुल्क तीन गुणा बढाइने

वायु प्रदूषण र जलवायु संकटलाई सम्बोधन गर्न फ्रान्सको राजधानी पेरिसका मतदाताले स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) गाडीको पार्किङ शुल्क तीन गुणाले बढाउने पक्षमा मतदान गरेका छन्।

तुवाँलोले ढपक्कै ढाक्यो दिल्लीलाई

स्विट्जरल्यान्डमा रहेको वायुप्रदूषण मापन गर्ने संस्था आइक्यु एयरका अनुसार शुक्रबार साँझ नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको सूचीमा रहेको हो।

बस्तीबीच अलकत्रा पोल्दा प्रदूषण

वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीसँगै रहेको पुरानो बसपार्कमा अस्थायी क्रसर उद्योग र अलकत्रा पोल्न थालिएपछि बजार क्षेत्र दुर्गन्धित बन्न थालेको छ।

दिल्लीमा प्रदूषणको स्तर हालसम्मकै खराब

दिपावलीको अवसरमा पटाखाजन्य पदार्थहरूका कारण दिल्लीको प्रदूषण ९९९ एक्यूआई पुगेको भारतको मौसम विभागले जनाएको छ।

दिल्ली प्रदूषण: तयारी थियो कृत्रिम वर्षाको, भयो प्राकृतिक वर्षा

भारतको राजधानी नयाँ दिल्लीको प्रदूषण नियन्त्रणमा आएको छ। गयराति भएको वर्षाका कारण दिल्लीको वायु प्रदूषणको स्तर २ सयभन्दा तल झरेको बीबीसीले जनाएको छ।

दिल्ली प्रदूषण टाढा छैन

भारतको राजधानी नयाँ दिल्ली पछिल्ला दिनमा भयावह स्तरमा बढेको वायु प्रदूषणले आक्रान्त छ। वायु विषाक्त हुँदा विद्यालय बन्द गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्