१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्ली प्रदूषण: तयारी थियो कृत्रिम वर्षाको, भयो प्राकृतिक वर्षा

भारतको राजधानी नयाँ दिल्लीको प्रदूषण नियन्त्रणमा आएको छ। गयराति भएको वर्षाका कारण दिल्लीको वायु प्रदूषणको स्तर २ सयभन्दा तल झरेको बीबीसीले जनाएको छ।

मौसम विभागका अनुसार रातभर परेको वर्षाका कारण दिल्लीको हावामा प्रदूषणको स्तर निकै घटेर गएको छ। पछिल्लो ४८ घन्टामा ४०० एक्यूआई रहेको दिल्लीको वायु प्रदूषण वर्षापछि घटेर १७२ मा झरेको हो।

दिल्लीमा बढ्दो वायु प्रदूषणको स्तरलाई कम गर्न दिल्ली सरकारले कृत्रिम वर्षा गराउने तयारी गरिरहँदा परेको पानीले नागरिकलाई राहत भएको छ।  

दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले २० नोभेम्बरसम्म दिल्लीमा प्रदूषणको स्तर क मगर्नका लागि कृत्रिम वर्षा गराइने बताएका थिए।

पछिल्लो समय दिल्लीमा बढ्दो प्रदूषणका कारण त्यहाँका विद्यालयहरू बन्द गरिएका छन् भने सरकारी कार्यालयमा कर्मचारीहरूको सङ्ख्या कम गरेर काम गरिँदैछ।

बादलमा वर्षाको बिउ राखेर गराइने वर्षालाई कृत्रिम वर्षा भनिन्छ। यस प्रविधिलाई क्लाउड सिडिङ्ग भनिन्छ।

क्लाउड सिडिङ्गको अर्थ बादलमा वर्षाको बिउ रोप्ने प्रक्रिया हो। उक्त बिउको रुपमा  सिल्भर आयोडाइड, पोटासियम क्लोराइड र सोडियम क्लोराइड जस्ता पदाथको प्रयोग गर्ने गरिन्छ। ती पदाथलाई एयरक्राफ्टको मद्दतले बादलमा छर्ने गरिन्छ।  

ती पदार्थले बादलमा रहेका पानीका थोपाहरूलाई जम्मा गर्ने काम गर्छ। त्यसपछि बरफका टुक्रा टुक्रा एक अर्कासँग टाँसिन्छन् र बरफको गोला बन्न जान्छ। र, त्यहि वर्षाको रुपमा जमिनमा पानीसरह वर्षिने गर्छ।  

प्रकाशित: २४ कार्तिक २०८० ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App