२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौँको वायु प्रदूषण खतराको तहभन्दा माथि, दिउँसो थप घातक स्थितिमा पुग्ने चेतावनी

तस्बिरः एक्यु एयर।

काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज दिउँसो घातक स्थितिमा पुग्ने चेतावनी दिइएको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २११ देखि २५८ सम्म मापन गरिएको छ। जुन थप बढ्न सक्ने अनुमान गरिएको छ। कारण, दिउँसो सवारीसाधनको चाप अत्यधिक बढ्ने, कलकारखाना सुचारु हुने जस्ता काम हुन थालेपछि वायु प्रदूषण थप बढ्न सक्ने बताइएको छ।

काठमाडौँको बनोटका कारण हावा वा धुलोधुँवा निस्कने ठाउँ नभएका कारण आज दिउँसोसम्म वायु प्रदूषण थप घातक अवस्थामा पुग्ने देखिन्छ।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा अङ्क विभाजन गरिएको छ। जसमा २०० भन्दा माथिको एक्युआईलाई घातक मानिन्छ। २ सयभन्दा माथिको एक्युआईलाई बैजनी रङ दिइएको छ भने ३०० भन्दा माथिको एक्युआईलाई मरुन् रङ दिइएको छ, जुन मानव स्वास्थ्यका लागि घातक तह मानिन्छ।

जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले कचौरा आकारको बनोटमा रहेको काठमाडौँमा स्थानीयका साथै अन्य स्थानबाट पनि फोहोर, धुलोधुँवा जम्मा भएको बताए। उनले भने, ‘कचौरा आकारमा बनेको काठमाडौँमा आसपासमा लागेको डढेलो, यहिका उद्योग, कलकारखाना, सवारीसाधन लगायतका कारण प्रदूषण बढेको छ। जम्मा भएको प्रदूषण पानी नपरेसम्म वा ठूलो हावा नचलेसम्म यस्तै रहने छ।’

उनले बिहानको तुलनामा दिउँसो काठमाडौँको प्रदूषणको स्तर थप घातक अवस्थामा पुग्ने चेतावनी दिँदै सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिए।

यसअघि आइतवार साँझ काठमाडौँको वायु गुणस्तर सूचकाङ्क ९एक्युआई० २०० अङ्क पुगेको थियो। यो क्रम अझै केही समय जारी नै नरहने डा।उप्रेतीको भनाइ छ।

उनले पानी नपरेसम्म वा ठूलो हावा चलेसम्म वायु प्रदूषण बढ्ने क्रम जारी रहने भएकाले केही समयका लागि विद्यालय र अत्यावश्यक बाहेकका सेवा बन्द गर्न पनि सुझाव दिए।

एक्यु एयरका अनुसार अहिले बिहान ९ः३३ बजे काठमाडौँस्थित अमेरिकी राजदूतावास क्षेत्रको वायु प्रदूषणको गुणस्तर २७६ रहेको छ भने रत्नपार्क क्षेत्रको २०६ मापन गरिएको छ।  

काठमाडौँ अहिले पनि विश्वकै सबैभन्दा धेरै प्रदूषित सूचीको सहरमा पहिलो नम्बरमै छ। एक्यु एयरका अनुसार अहिले बिहान ९ः३३ बजे काठमाडौँको वायु गुणस्तर सूचकाङ्क २४४ मापन गरिएको छ। त्यस्तै भारतको राजधानी दिल्ली विश्वकै दोस्रो सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। दिल्लीको वायु गुणस्तर सूचकाङ्क २१४ मापन गरिएको छ।

प्रदूषित वायुमा पाइने हानिकारक कण, रसायन र ग्याँसले मानव शरीरमा तत्कालीन रूपमा छाला चिलाउने, श्वास नली सुक्खा हुने, कपाल झर्ने, नाक चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने चिलाउने, कन्जक्टभाइटिस जस्ता समस्याहरू देखिन्छन्। यो प्रदूषणले दीर्घकालीन रूपमा श्वासप्रश्वास, मुटु र फोक्सोमा गम्भीर समस्या निम्त्याउँने हुँदा चिकित्सकहरूले सकेसम्म बाहिर ननिस्कन भनेका छन्। त्यस्तै शरीरका अधिकांश अङ्गलाई असर गर्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको सङ्ख्या बढेको हुँदा सावधानी अपनाउन पनि भनिएको छ।

प्रकाशित: २८ चैत्र २०८० ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App