१५ वैशाख २०८१ शनिबार
image/svg+xml

आशा र निराशाको दोसाँधमा जनता

सबैले आ–आफ्नो तर्फबाट आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने हो भने कोरोनाबाट सुरक्षित रहन सकिन्छ।सरकारले लागू गर्ने बाध्यात्मक नियम कानुनले भन्दा व्यक्तिको अनुशासन, आत्मसंयम र सावधानीले कोरोनाबाट सुरक्षित रहन र कोरोनालाई परास्त गर्न मद्दत पुग्छ।

चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने

चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग दिने भएको छ।

व्यवसायीको खोप माग सुनिएन

खोप माग्दै उनीहरू दिनहुँजसो संघीय, प्रदेश सरकार, स्थानीय तहमा पुगिरहेका छन्। तर अहिलेसम्म व्यवसायीले खोप पाएका छैनन्। एकाध व्यवसायीले पहुँचको आधारमा खोप लगाए पनि पर्यटन क्षेत्रले खोपमा प्राथमिकता पाएको छैन।

बूढानीलकण्ठमा ५१ हजारले लगाए कोरोनाविरुद्धको खोप

बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन्। नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो।

सरकारले खोपको व्यवस्थापनमा सबै शक्ति लगाएको छः विमलेन्द्र निधि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन्।

ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई खोप

ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन्।

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

सूचना आयो, खोप आएन

भक्तपुरकी राधेलक्ष्मी खाइतू (नाम परिवर्तन) लाई आइतबार नै थाहा थियो कि उमेर पुगेका सम्पूर्ण नागरिकलाई नेपाल सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क लगाइदिंदै छ भनेर । तर उनी पहिलो दिन अत्याधिक भीडभाड होला भनी खोप लगाउन आइनन् । त्यसको भोलिपल्ट सोमबार विहान ६ नबज्दै उनी भक्तपुर नगरपालिकाद्धारा सञ्चालित च्याम्हासिंहस्थित जनस्वास्थ्यमा लाइनमा उभिन आइन् खोप लगाउन ।

कोरोनाविरुद्धको खोप लगाएका भेरीका ६ स्वास्थ्यकर्मीलाई संक्रमण

तीव्र रुपमा फैलिएको संक्रमणबाट कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका ब्यक्ति पनि अछुतो रहन सकेका छैनन्। कोरोनाविरुद्धको खोप लगाएका भेरी अस्पताल नेपालगन्जका ६ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका हुन्।

दोस्रो चरणको खोप वैशाख ७ बाट

सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ। अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ।

१६ लाख ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन्। दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन्।

उपराष्ट्रपतिलाई कोरोना खोप

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन्। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीकाअनुसार प्रधानमन्त्री ओलीले भोलि आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने भएका हुन्।

अमेरिकाद्वारा जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई स्वीकृति

जोन्सन खोपको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजार भन्दा बढी व्यक्तिहरूमा गरिएको थियो। एफडीएका अनुसार यो खोप कोरोनाका मध्यम र गम्भीर बिरामीहरूलाई दिइएको थियो।

कोरोनाविरुद्धको खोपप्रति ‘भ्रम’: डरले खोप लगाउनै आएनन् सेवाग्राही

करिब वर्षदिनअघि कोरोना भाइरस कोभिड–१९ सबैलाई आतंकित बनाउँदै नेपाल छिर्‍यो । चिकित्सा विज्ञानसामु प्रमुख चुनौती बनेर फैलिइरहेको भाइरसको प्रभावले त्रसित नेपालीमा त्यतिबेला गम्भीर चिन्ता थियो–संसारमा महामारी भइसकेको कोरोनाको औषधि कहिले पत्ता लाग्ला र हाम्रो देशसम्म आइपुग्ला अनि बाँचिएला ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्