८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाविरुद्धको खोप लगाएका भेरीका ६ स्वास्थ्यकर्मीलाई संक्रमण

नेपालगन्जस्थित भेरी अस्पताल । तस्बिर : नागरिक

तीव्र रुपमा फैलिएको संक्रमणबाट कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका ब्यक्ति पनि अछुतो रहन सकेका छैनन्। कोरोनाविरुद्धको खोप लगाएका भेरी अस्पताल नेपालगन्जका ६ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका हुन्। 

कोरोनाविरुद्धको खोप ‘कोभिडसिल्ड’ लगाएका अस्पतालका ६ जना स्वास्थ्यकर्मी संक्रमित भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए। अस्पतालको शल्यक्रिया, विभिन्न वार्ड तथा प्रशासन शाखामा कार्यरत ६ जनालाई कोरोना संक्रमण भएको उनले बताए।  

स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि अस्पतालका अन्य स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको छ। उक्त रिपोर्ट शनिबार(आज) दिउँसोसम्म आउनेछ। संक्रमित स्वास्थ्यकर्मीबाट अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि कोरोना फैलिएको हुन सक्ने अस्पतालको आशंका छ।  

‘उहाँहरुले कोरोना विरुद्धको खोप एक/दुई डोज लगाउनु भएको थियो, तर अहिले उहाँहरुमा दोस्रो चरणको संक्रमण देखियो,’ मेसु थापाले नागरिकसँग भने ‘अहिलेसम्म संक्रमित स्वास्थ्यकर्मीको अवस्था सामान्य छ।’ संक्रमित स्वास्थकर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ। संक्रमित स्वास्थ्यकर्मी केही होम आइसोलेसन र केही अस्पतालमा भर्ना भएको मेसु थापाले बताए।

प्रकाशित: ४ वैशाख २०७८ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App