२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कोरोनाविरुद्धको पहिलो चरणको अभियानमा कपिलवस्तुमा २ हजार २१६ जनाले लगाए खोप

कपिलवस्तसमा कोरोनाविरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २१६ जनाले खोप लगाएका छन्।

कपिलवस्तु अस्पतालका मेसु बन्जाडेले लगाए पहिलो खोप

कपिलवस्तुको तौलिहवामा बुधबारदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घनारायण पौडेलले रिबन काटेर अभियानको शुभारम्भ गरे।

कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ।रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन्।

भारतले दिने खोप आज आइपुग्ने

भारतले अनुदानका रुपमा दिन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । यो जानकारी बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दिएका हुन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार खोप इन्डियन एयरलाइन्सको विमानमार्फत ल्याइँदैछ ।

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्