६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई स्वीकृति

अमेरिकाले शनिबार जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई आपतकालिन प्रयोगका स्वीकृति दिएको छ। यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो। 

यो मोडर्ना र फाइजर पछि देशमा स्वीकृति भएको तेस्रो खोप हो। सीएनएनका अनुसार यो खोपको विशेषता भनेको आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्ने बताईएको छ।

यसको मूल्य कति पर्छ भनेर सार्वजनिक भने गरिएको छैन। कम्पनीले जुन महिनाको अन्तिमतिर अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने जनाएको छ।

व्हाइट हाउसका वरिष्ठ अधिकारी एन्डी स्लाविटले सामाजिक सञ्जालमा भनेका छन्, 'तेस्रो सुरक्षित र प्रभावकारी खोपको आगमन एकदम राम्रो समाचार हो।'

जोन्सन खोपको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजार भन्दा बढी व्यक्तिहरूमा गरिएको थियो। एफडीएका अनुसार यो खोप कोरोनाका मध्यम र गम्भीर बिरामीहरूलाई दिइएको थियो। 

प्रकाशित: १६ फाल्गुन २०७७ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App