२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपराष्ट्रपतिलाई कोरोना खोप

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन्।

स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे। सरकारले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन्। अहिले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले धमाधम खोप लगाइरहेका छन्। रासस

प्रकाशित: ४ चैत्र २०७७ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App