७ आश्विन २०८१ सोमबार
image/svg+xml

सडकबाट खबरदारी तर सुन्दैन सरकार

कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल भएको भन्दै काठमाडौंसहित देशका मुख्य सहरमा शुक्रबार पनि प्रदर्शन भएका छन्। संक्रमण फैनिल नदिन सरकारले लगाएको लकडाउनकै बीचमा सडकमा पोखिन थालेको असन्तुष्टि दिनप्रतिदिन बढ्दै गएको छ।

प्रदर्शनकारीले बुटवलको सडकबाटै मागे सरकारसंग १० अर्बको हिसाव

शुक्रबार बुटवल भैरहवामा बिहानैदेखि उखरमाउलो गर्मी थियो । टन्टलापुरे घाम चर्केकै थियो । तैपनि दश बज्दा नबज्दै बुटवल भैरहवाको मुख्य सडकमा मुखमा मास्क लगाएका युवायुवतीको भिड बाक्लीदै गयो । सडकमा आउने अधिकाँसको हातमा प्लेकार्ड थियो ।

स्वतन्त्र युवाद्वारा प्रदर्शन

कोरोना भाइरस रोकथाम र राष्ट्रियताका सवालमा भक्तपुरका स्वतन्त्र युवाहरुले शुक्रबार भक्तपुरमा पनि सडक सत्याग्रह गरेका छन् ।

सरकारबिरुद्ध कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लामोसाँघुमा शुक्रबार सरकारबिरुद्ध प्रदर्शन गरेको छ । कोराना नियन्त्रणमा सरकार चुकेको भन्दै क्षत्रीय समितिको अगुवाइमा कांग्रेस नेता, कार्यकर्ताले नारावाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।

सरकारविरुद्धको प्रदर्शनमा साझाको साथ

देशका विभिन्न भागमा स्वस्फूर्तरूपमा भइरहेका विरोध प्रदर्शनमा साझा पार्टीले पनि ऐक्यबद्धता जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको अकर्मण्यता र त्यसै समयमा आएका भ्रष्टाचारका खबरहरूप्रति तीब्र असन्तुष्टि जनाउँदै भइरहेका विरोध प्रदर्शनका जायज मागहरूप्रति साझा पार्टीको पूर्ण ऐक्यबद्धता रहेको जनाएको हो।

नुन, तेल र बेसार सकियाे सरकार !

कोरोना रोकथामकालागि सरकारले काम नगरेको भन्दै बुटवलमा आज सयौं‌ व्यक्ति सडकमा निस्कीए । जनता कोरोनाले मरिरहँदा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले सरकारसंग १० अर्बको हिसाव पनि सडकबाटै मागेका छन्।

बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन(फाेटाेफिचर)

सतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै युवाहरुले शुक्रबार बसन्तपुरमा प्रदर्शन गरेका छन्। सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्।

राहत प्याकेज ल्याउन माग गर्दै व्यवसायी प्रदर्शनमा

सरकारले बन्दाबन्दीबाट प्रभावित उद्योग, व्यवसाय सञ्चालनका लागि राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अगुवाइमा नेपालगन्जमा आज (शुक्रबार) प्रदर्शन गरिएको छ ।

दमौलीमा सरकारविरुद्ध युवा प्रदर्शनमा

कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरवाही र राज्य कोषको दुरुपयोगका विरोधमा शुक्रबार तनहुँमा युवाहरुले सडक प्रदर्शन गरेका छन् ।

सरकारविरुद्ध गोरखामा पनि बिरोध प्रदर्शन

सरकारको पछिल्लो गतिविधीविरुद्ध राजधानी लगायतका ठूला शहरमा आन्दोलन चलिरहेका बेला जिल्ला जिल्लामा पनि बिरोध सुरु भएको छ ।

मौन प्रदर्शनमा मागियो प्रधानमन्त्रीको राजीनामा

पोखरेली युवाहरूले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । कोरोना महामारीको प्रभावकारी नियन्त्रणका लागि क्वारेन्टिन व्यवस्थित गर्न, कोरोना परीक्षणमा आरडिटी बन्द गरी शतप्रतिशत पिसीआर गर्न, भ्रष्टाचार लगायतविरुद्ध पोखरेली युवा समूहले आयोजना गरेको एक घन्टे प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् ।

सरकारका गतिविधिविरूद्ध असन्तुष्ट जनाउँदै युवाहरू सडकमा

सरकारका गतिविधिविरूद्ध असतुष्ट जनाउँदै बिहीबार पनि युवाहरूले देशको विभिन्न सहरमा प्रदर्शनमा उत्रिए । काठमाडौं, चितवन, पोखरा, धरानलगायत अन्य सहरहरुमा पनि नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरे । सरकारका गतिविधिविरूद्ध प्रदर्शनमा उत्रिएकामध्ये काठमाडौंमा प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले यो नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन भएको बताए । उनले आफूले पार्टीको अनुमति बिना सरकारको काम प्रति असन्तुष्ट भएर प्रदर्शनमा आएको बताए ।

पोखरामा पनि सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

पोखरामा युवाहरुले सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा दुई पक्राउ परेका छन्। विश्व कोरोनाको महामारीमा परेको अवस्थामा देशमा कोरोना नियन्त्रणका लागि क्वारेन्टिन व्यबस्थित नभएको र कोरोना परीक्षणमा आरडिटी बन्द गरी शत प्रतिशत पिसीआर परीक्षण गर्न माग राख्दै सरकार विरुद्ध पोखरेली युवा सडकमा आएका हुन्।

'खर्च होइन उपलब्धि देखाऊ'(फाेटाे फिचर)

सरकारविरुद्ध बालुवाटारमा आज पनि प्रदर्शन भएको छ। कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्नेलगायतका माग राखेर बिहीबार फेरि प्रर्दश भएको हो।

बालुवाटारमा विरोध प्रदर्शन

कोरोना भाइरसको महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्