७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

स्वतन्त्र युवाद्वारा प्रदर्शन

कोरोना भाइरस रोकथाम र राष्ट्रियताका सवालमा भक्तपुरका स्वतन्त्र युवाहरुले शुक्रबार भक्तपुरमा पनि सडक सत्याग्रह गरेका छन् । भक्तपुरको सल्लाघारीमा जम्मा भएका युवाहरुले कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारले कमजोरी गरेको उल्लेख गर्दै सडकमा धर्ना दिएका छन् । सरकारले उपचारमा गरेको भनिएको १० अर्व खर्चको पारदर्शिता र सरकारको दुरदर्सिताको माग गर्दै तिनीहरुले सरकारको दवाफमुलक विरोध गरी नारा जुलुस समेत गरेका छन् ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाएको पहिलो दिनमै सडकमा आएर युवाहरुले विरोध कार्यक्रम गरेका हुन् । राष्ट्यि झण्डा बोक्दै उनीहरुले कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट परीक्षणको व्यवस्था गर्न माग पनि गरेका छन् । कोरोनाको महामारी त छ दै छ तर भ्रष्टाचारको महामारी कहिलेसम्म? जस्ता नारा लगाइएका प्लेकार्डहरु उनीहरुले बोकेको थिए । 

प्रकाशित: ३० जेष्ठ २०७७ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App