७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारबिरुद्ध कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लामोसाँघुमा शुक्रबार सरकारबिरुद्ध प्रदर्शन गरेको छ । कोराना नियन्त्रणमा सरकार चुकेको भन्दै क्षत्रीय समितिको अगुवाइमा कांग्रेस नेता, कार्यकर्ताले नारावाजीसहित विरोध प्रदर्शन गरेका हुन् । 

लामोसाँघुबाट सुरु भएको बिरोध प्रदर्शन बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभामा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, नेता हरिशरण श्रेष्ठ, युधिर पौडेल लगायतले धारणा राखे । उनीहरुले कोरोना भाइरस नियन्त्रणका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाए । 

स्वास्थ्य सामाग्री खरिदमा खर्च भएको भनिएको १० अर्व रुपैयाँको छानबिन गर्नु पर्ने, आरडिटी परीक्षण पूर्णरुपमा बन्द गरी सबैको पिसिआर गर्नुपर्ने नेताहरुको माग थियो ।  

प्रकाशित: ३० जेष्ठ २०७७ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App