८ वैशाख २०८१ शनिबार
समाज

बालुवाटारमा विरोध प्रदर्शन

कोरोना भाइरसको महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न पुगेका सामाजिक अभियान्ता र व्यवसायीहरुलाई प्रहरीले पानीको फोहराले हानेको हो । उनीहरुले कोभिड १९ नियन्त्रणका लागि आरडिटी परीक्षणलाई रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन् ।  

उनीहरुले कोरोना महामारीमा खर्च भएको १० अर्ब कहाँ गयो भन्दै प्रश्न समेत गरेका थिए । उनीहरुले १४ दिन अस्पतालमा राख्दा कुनै लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि विरोध गरेका छन् । कोरोना महामारी नियन्त्रणको काममा ध्यान नदिई राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्ने टेन्डर आह्वान गरेको विषयमा पनि उनीहरुले विरोध जनाएका छन् ।

प्रकाशित: २७ जेष्ठ २०७७ १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App