२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकारविरुद्ध गोरखामा पनि बिरोध प्रदर्शन

सदरमुकाममा शुक्रबार भएको सरकारको गतिविधीविरुद्धको बिरोध प्रदर्शनमा सहभागीहरु । तस्बिर : नरहरि/नागरिक

सरकारको पछिल्लो गतिविधीविरुद्ध राजधानी लगायतका ठूला शहरमा आन्दोलन चलिरहेका बेला जिल्ला जिल्लामा पनि बिरोध सुरु भएको छ । सामाजिक संघ संस्थामा आवद्ध युवाहरु भेला भएर सरकारको काम प्रभावकारी नभएको भन्दै शुक्रबार प्रदर्शनमा उत्रिएका हुन् । रोट्याक्ट क्लव अफ गोरखाले उक्त बिरोधको कार्यक्रमको अगुवाई गरेको थियो ।

‘कर के का लागि ? चिया छानेको १० अर्ब पचाउन कति जानेको, सत प्रतिशत पिसिआर गर, १० अर्व खै ? जनता बोलेको नसुने कसले बोलेको सुन्ने ? जनता भोकै सिमानामा सरकार भुल्यो रमितामा जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । कोरोना भाइरसको नियन्त्रणमा सरकार असफल भएको, जनतालाई सुरक्षित राख्न नसकेको, चेकजाँच प्रभावकारी नभएको, अनावश्यक जनतालाई कर थोपरेको जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउन आन्दोलन गरिएको रोट्याक्ट क्लवका निरञ्जन कट्टेलले बताए ।  

सदरमुकामको मुख्य चोक हरमटारीमा १० बजेदेखि सुरु भएको धर्ना १२ बजेसम्म चलेको थियो । प्लेकार्डसहित धर्नामा बसेकाहरुले राष्ट्रिय गान, ‘गाउँगाउँ बाट उठ, बस्ती बस्तीबाट उठ’ नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, लगायत गित बजाएका थिए । स्वस्फूर्त एक सय भन्दाबढि युवाहरु बिरोध कार्यक्रम सहभागी थिए । 

प्रकाशित: ३० जेष्ठ २०७७ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App