८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारका गतिविधिविरूद्ध असन्तुष्ट जनाउँदै युवाहरू सडकमा

सरकारका गतिविधिविरूद्ध असतुष्ट जनाउँदै बिहीबार पनि युवाहरूले देशको विभिन्न सहरमा प्रदर्शनमा उत्रिए । काठमाडौं, चितवन, पोखरा,  धरानलगायत अन्य सहरहरुमा पनि नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरे । सरकारका गतिविधिविरूद्ध प्रदर्शनमा उत्रिएकामध्ये काठमाडौंमा प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले यो नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन भएको बताए । उनले आफूले पार्टीको अनुमति बिना सरकारको काम प्रति  असन्तुष्ट भएर प्रदर्शनमा आएको बताए ।  

‘मैले राजनीतिक अनुमति लिएको छैन। सरकारको गतिविधि  चित्त नबुझेपछि प्रशर्दशनमा आएको हो । अहिले नागरिकहरु भोकै छन् । अभावको जीवन जिउन बाध्य छन् । यतातिर सरकारको ध्यान गएकै छैन् । यसको लागि नै प्रदर्शनमा भएको हो ।’  सरकारका पछिल्ला गतिविधिबाट असन्तुष्ट युवाहरू समूह बनाएर स्वतःस्फूर्त रूपमा प्रदर्शनमा उत्रिएको उनले बताए। सरकाले हदपार गरेपछि नेपाली युवाहरु बाध्य भएर सडकमा उत्रिएको बताए ।  

‘मेरो छोरोको समुहका युवाहरुले पनि जागरुकता देखाएका छन् ।  जसलाई कुनै चिन्ता छैन। तर यो सरकारको गतिविधि प्रति चित्त नबुझे पछि उसलाई जागरुकता आयो। युवापुस्तामा चिन्ता बढ्यो। अब जनताले खपेर बस्न सक्दैनन्’, उनले भने ।  

उनले सरकारको गतिविधिको जनताको स्वास्थ्य र शिक्षामा वेवास्था गर्दै सत्ता टिकाउने काम मात्रै गरेको बताए । यस्तै गतिविधि सरकारले गर्दै जान्छ भने सरकार लामो समय टिकाइ राख्न  आवश्यक नरहेको बताए ।  

उनले सरकारको व्याङ्ग्य गर्दै भने खुसी नेपाली समृद्द नेपाल नारा दिएर चुनाव जिते। तर त्यो एकछेउनी पनि काम भएन । हामीलाई पनि  यही सरकारले काम गरोस् भन्ने चाहाना थियो । आफ्नो नजिकमा मानिसहरुलाई मात्र्रै गरिहेको छ । जनताको हितको काम गरेन ।’  कोरोनाभाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनको ८१ औं दिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोध प्रदर्शन भएको हो । 

प्रकाशित: २९ जेष्ठ २०७७ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App