१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारविरुद्धको प्रदर्शनमा साझाको साथ

देशका विभिन्न भागमा स्वस्फूर्तरूपमा भइरहेका विरोध प्रदर्शनमा साझा पार्टीले पनि ऐक्यबद्धता जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको अकर्मण्यता र त्यसै समयमा आएका भ्रष्टाचारका खबरहरूप्रति तीब्र असन्तुष्टि जनाउँदै भइरहेका विरोध प्रदर्शनका जायज मागहरूप्रति साझा पार्टीको पूर्ण ऐक्यबद्धता रहेको जनाएको हो।  

सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनासँग जुध्ने तयारीका लागि अन्य मुलुकका तुलनामा हामीसँग पर्याप्त समय थियो। तर सो समय सरकारले मूलतः फोहोरी राजनीतिक खेल तथा आफ्नो अक्षमता, गैह्रजिम्मेवारी तथा भ्रष्टाचार छोप्न लगातार झण्डै तीन महिना देशव्यापी लकडाउन गरेर बितायो। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने लाखौँ नागरिकको जीवन अत्यन्त कष्टकरमात्र भएन, उद्योग(व्यावसाय, कृषि, पर्यटन, शिक्षा जस्ता क्षेत्र धराशायी नै हुने अवस्था सृजना भयो। विदेशमा लाखौँ नेपाली अलपत्र परेका छन्।’

अति भएपछि नागरिकहरू देशभरी सडकमा उत्रिएको स्मरण गर्दै प्रदर्शनमा कोरोना रोकथाममा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडिटी परिक्षण बन्द गरी विश्वसनीय मानिने पीसीआर परिक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टि स्थलहरूको गतिलो व्यवस्थापन तथा अनियमिताको छानिवन गर्नुपर्ने माग गरेको छ। यी माग आम नेपालीको भएको साझा पार्टीले जनाएको छ।  

सरकारले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक भएको समेत टिप्पणी गरेको छ। ‘साझा पार्टी सरकारलाई सडक प्रदर्शनका जायज माग तत्काल सम्बोधन गर्ने विश्वसनीय प्रतिवद्धता जनाउँदै संक्रमण फैलावटको जोखिमलाई ध्यानमा राखी प्रदर्शन स्थगनका लागि अपील गर्न आग्रह गर्दछ।’ दविज्ञप्तिमा अगाडि भनिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७७ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App