१ मंसिर २०८३ मंगलबार
image/svg+xml

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ।

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एक महिने महायज्ञ सुरु हुँदै

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ।

सिधै फाइनल पुग्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम, आज निर्णायक भिडन्त

लिग चरणमा ११ अंकसहित पहिलो भएको लुम्बिनी र १० अंकसहित दोस्रो बनेको सुदूरपश्चिम दुवै टोली जित्दै सिधै फाइनल पुग्ने लक्ष्यमा छन्।

कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ।

पाँच दिनमै अस्तव्यस्त बन्यो अमेरिका : विमान रोकिए, माइक्रोसफ्ट बन्द, बैंकिङ सेवामा पनि समस्या

अमेरिकामा पाँच दिनभित्रै एकपछि अर्को प्रविधि प्रणालीमा समस्या देखिएपछि सर्वसाधारणमा चिन्ता बढेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

किसान र बजारलाई जोड्दै हाट

नेपालको कृषि क्षेत्रको एउटा प्रमुख समस्या उत्पादनको अभाव मात्र होइन, उत्पादित वस्तुले उचित बजार र मूल्य नपाउनु पनि हो।

सुदूरपश्चिमको ‘देहिजाँत’ मेला उग्रतारा मन्दिरमा मङ्सिर ७ र ८ गते

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहिजाँत’ मेला आगामी मङ्सिर ७ र ८ गते लाग्ने भएको छ।

कच्चा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्‍याउन माग

बजारमा दाना चोकरको मूल्य बढेसँगै चितवनका किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्‍याउन माग गरेका छन्।

दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–३, रकुवा र तनहुँको घिरिङ गाउँपालिका–१, जगौली जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल निर्माण कार्य एक दशकदेखि अलपत्र परेको छ। निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि पुलले पूर्णता नपाएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

१० महिनामा भित्रिए १० लाख बढी पर्यटक, बाढीपछि लयमा फर्किँदै ठमेल

सन् २०२६ को १० महिनामा हवाई मार्ग हुँदै १० लाख आठ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएसँगै प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा चहलपहल बाक्लिएको छ।

मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौं’ अभियान

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन्।

इन्धनको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

नेपाल आयल निगम लिमिटेडले चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्