२० वैशाख २०८१ बिहीबार
image/svg+xml

तीन वर्षपछि नेपाली र चिनियाँ अधिकारीबीच बैठक

कोरोना महामारीका कारण नेपाल र चीनका सुरक्षा अधिकारीबीच तीन वर्षपछि औपचारिक बैठक बसेको छ।

पाँचथरमा ५ करोड लगानीमा होटल सञ्चालन

कोरोना संकट पूर्व बाह्य पर्यटनलाई लक्षित गरेर सुरु गरिएको होटल कोभिड महामारीका बेला बन्द थियो। कोरोना कहरपछि नयाँ सजावटका साथ पुनः सञ्चालन गरिएको होटल सञ्चालक प्रकाश नेपालले बताए।

तीन वर्षपछि जापानी स्वयंसेवक कार्यक्रम पुनः सुरु

कोभिड महामारीका कारण स्थगन गरिएको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग स्वयंसेवक कार्यक्रम पुन: सुरु भएको छ।

हिमालय एअरलाइन्स्को चीन-नेपाल चार्टर्ड उडान

हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ (चैत ३०,२०७९) देखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरु गरेको छ।

कोभिडपछि पर्यटक बढे, व्यापार बढेन

पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्।

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ।

आर्थिक राहतको व्यवस्था गर्न माग

साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन्।

टर्की भूकम्पको त्रास

टर्की र सिरियामा सोमबार बिहान गएको भूकम्प हामीकहाँ २०७२ को अवस्थालाई सम्झाउने किसिमको छ। हामीले त्योबेला बेहोरेको जस्तै क्षति त्यहाँका स्थानीयले यतिबेला भोगिरहेका छन्।

कोभिड-१९ विरुद्ध सतर्कता

सन् २०१९ को अन्तमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण हालसम्म ६७ लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

६ लाख बढी पर्यटक भित्रिए

सन् २०२२ मा ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल भ्रमणका लागि आएका पर्यटकको संख्याको आधारमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन्।

लुम्बिनीमा पर्यटक आगमन बढ्दै

पर्यटन आगमनको बृद्धि संगै कोराना महामारीले थलिएको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विस्तारै गती लिन थालेको छ।

कोभिड महामारीपछि जुर्मुरायो सिकलेसको पर्यटन

पछिल्लो समय कपुचे ताल र कोरी जाने पर्यटकको संख्या ह्वातै बढ्दा सिकलेस प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ।

न्युजिल्यान्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावितः अध्ययन

'न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ। यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ।'

चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएँ: मेटमणि चौधरी

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ। नाका नाका पुगेको थिएँ।' मन्त्री चौधरीले भने, 'जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ। दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ। तर पनि जनताको सेवामा दिनरात भनिनँ। बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथी बनेको छु।’

बागलुङमा डेंगीले महामारीको रुप लिदै, १० दिनमा २० जनामा संक्रमण

बागलुङमा डेंगीको संक्रमण महामारीकै रुपमा फैलिन थालेको देखिएको छ। पछिल्लो एक महिनामा २६ जनालाई बागलुङमा डेंगी संक्रमण पुष्टी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्