कोभिड–१९ महामारी सुरु भएयता ४० प्रतिशत एसियाली न्युजिल्यान्डवासीले नस्लवादको अनुभव गरेका एक अध्ययनले देखाएको छ। अस्थायी आप्रवासी, विद्यार्थी र ग्रामीण समुदायमा बस्नेहरूले एसियाविरोधी घृणाको अनुभव गर्ने सम्भावना बढी छ।
न्युजिल्यान्ड मेडिकल जर्नलमा शुक्रबार प्रकाशित एक अध्ययनले जातिवादको अनुभव डिप्रेसन, चिन्ता र कम जीवन सन्तुष्टिसँग सम्बन्धित रहेको देखाएको छ, त्यसैले उनीहरूको नतिजाले जातिवाद विरोधी हस्तक्षेपहरू सबैभन्दा बढी आवश्यक रहेको संकेत गर्दछ।
अध्ययनका पहिलो लेखक अकल्याण्ड विश्वविद्यालयका रिबेका जाउङले भने, 'न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ। यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ।'
अध्ययनले न्युजिल्यान्डमा एसियाली मानिसहरूका लागि नस्लवादको अनुभव र कोभिड–१९ महामारीको पहिलो १८ महिनाका अनुभव र जीवन सन्तुष्टिबीचको सम्बन्धको वर्णन गरेको छ। अध्ययनले जातिवाद मुख्यतया सार्वजनिक स्थल, सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमा हुने गरेको देखाएको छ।
शाब्दिक र उत्तेजनापूर्ण अभिव्यक्तिमार्फत् जातिवादी दुब्यवहार प्रकट गरिने गरेको अध्ययनले देखाएको छ। अध्ययनले सन् २०२१ मा गरिएको ‘क्रस सेक्शनल अनलाइन सर्वेक्षण’मार्फत एक हजार ४५२ प्रतिक्रियाहरू संकलन गरेको छ। अध्ययनले कोभिड–१९ महामारीको प्रभाव र न्युजिल्यान्डमा बसोबास गर्ने एसियाली जनताको स्वास्थ्यमा एसियाली विरोधी नस्लवादको वृद्धिलाई जोड दिएको छ।
प्रकाशित: २५ कार्तिक २०७९ १४:२६ शुक्रबार