१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीन वर्षपछि जापानी स्वयंसेवक कार्यक्रम पुनः सुरु

कोभिड महामारीका कारण स्थगन गरिएको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग स्वयंसेवक कार्यक्रम पुन: सुरु भएको छ। यो कार्यक्रम अन्तर्गत जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले एक स्वयंसेवकलाई ललितपुरको लेलेमा सञ्चालित सामुदायिक विकास कार्यक्रममा खटाएको छ। मिकी इनोमोटो नाम गरेकी यी स्वयंसेवकले बुधबारदेखि काम गर्ने जाइकाले जनाएको छ।

जाइका नेपलका प्रमुख ओकुबो अकिमित्सुले स्वयंसेवक कार्यक्रमले नेपालको विकासमा सहयोग पुर्‍याउने बताए। जाइकाको स्वयंसेवक कार्यक्रम सन् १९६५ देखि सुरु भएको हो। यो कार्यक्रमअन्तर्गत स्वयंसेवकले दुई वर्ष फिल्डमा खटिएर काम गर्ने छन्।

कोभिड महामारीका कारण स्थगन गरिएको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग स्वयंसेवक कार्यक्रम पुन: सुरु भएको छ।

नेपालको सन्दर्भमा पहिलोपटक सन् २०७० मा जाइका स्वयंसेवक नेपाल आएका हुन्। यी स्वयंसेवकले कृषि, स्वास्थ्य, शिक्षा, बन, मत्स्यपालन, मर्मत–सम्भार, सिभिल इन्जिनियरिङ, सरसफाइ, खेलकुदलगायतका क्षेत्रमा योगदान दिएका छन्। हालसम्म कुल १४ सय ३६ स्वयंसेवकले नेपालमा काम गरेको जाइकाले जनाएको छ।

प्रकाशित: २० असार २०८० ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App