२९ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

लामिछानेलाई घरमै आराम गर्नेगरी अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले जानकारी दिए ।  

लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । माघ ५ गते पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर गएका बेला उनको देब्रे खुट्टामा चोट लागेको थियो । चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रकाशित: १५ माघ २०८२ १९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App