१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ। भृकुटीमण्डपमा जारी महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ।

स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक फागुन २ गतेदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा भइरहेको छ।

प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौको लड्डु, फापरको मम, मार्सीको खिर, चिनोको सेल उपभोक्ताले निकै मन पराएको आयोजकले बताएका छन्।

कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक ‘नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला-२०७९’ नामबाट आयोजना भइरहेको छ। 

प्रकाशित: ५ फाल्गुन २०७९ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App