२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

आलु भित्र्याउन र रोप्न किसानलाई भ्याइनभ्याइ

सुनकोशी गाउँपालिका–३ स्थित झाङंगाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ।

रामेछापको खाडादेवी गाउँपालिकाको सिमानामा रहेको सुनकोशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त भएका हुन्। स्थानीय ठेटराज चौलागाइँ हाल आलु लगाइएको फाँटबाटै प्रतिकिलो २० देखि २५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए।

यी फाँटहरू बिपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसानले गत वर्षदेखि नै व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन्। आलु खेती नगर्दा यसअघि दुईदेखि तीन बाली मात्र हुने गरेको भए पनि दुई पटक आलु रोप्ने र भित्र्याउने गर्दा वर्षमा चार बाली यहाँका कृषकले भित्र्याउने गरेको स्थानीय दुर्गाप्रसाद आचार्यले बताए।

गाउँपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले जानकारी दिए। रासस

प्रकाशित: १७ माघ २०८२ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App