coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएँ: मेटमणि चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विपतको बेला चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएको बताएका छन्। आइतबार लमहीमा प्राइम टेलिभिजनद्वारा आयोजित मंसिर ४ महासंग्राम कार्यक्रममा बोल्दै मन्त्री चौधरी उक्त कुरा बताएका हुन्।

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ। नाका नाका पुगेको थिएँ।' मन्त्री चौधरीले भने, 'जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ। दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ। तर पनि जनताको सेवामा दिनरात भनिनँ। बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथी बनेको छु।’ 

पहिलो पटक सांसद भएदेखि नै आफूले विद्यालय भवनहरु निर्माण गर्ने, अस्पताल निर्माण गर्ने, सिमा सुरक्षादेखि लिएर सिंचाइका थुप्रै योजनाहरुमा बजेट व्यवस्थापन गरेको मन्त्री चौधरीले स्मरण गराए। देउखुरीका जनताको मतबाट सांसद र मन्त्री समेत बनेको बताउँदै उनले फेरि पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता भएको सुनाए।

राप्ती कोरिडोर, स्वर्गद्वारीसम्मको सडक विस्तार र केवलकार सञ्चालन, पोड वे सञ्चालन, मसोट देखि बबइसम्म सुरुङ मार्गको अध्ययन र विस्तार जस्ता योजना सुरु गर्ने मन्त्री चौधरीले प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित: २१ कार्तिक २०७९ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App