६ वैशाख २०८१ बिहीबार
समाज

लुम्बिनीमा पर्यटक आगमन बढ्दै

मायादेवि मन्दिर लुम्बिनी। तस्विर/रेखा भुसाल

अघिल्ला दुइ बर्ष कोरोनाले सुनसान भएको लुम्बिनीमा यो बर्ष पर्यटक आगमन बढ्दो छ। पर्यटन आगमनको बृद्धि संगै कोराना महामारीले थलिएको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विस्तारै गती लिन थालेको छ।  

गतवर्षको तुलनामा यो बर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक बृद्धि भएको लुम्बिनी विकास कोषले जनाएको छ। गत बर्ष सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरीक र बाह्य गरि २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेका थिए। तर  २०२२ मा भने यो संख्या बृद्धि भई ६ लाख २६ हजार ४ सय ५२ पुगेको कोषले जनाएको छ। लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईका अनुसार गत वर्ष अक्टोबरसम्म राहदानी वाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोेमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन्।  

गतबर्षको सोही अवधीमा १८ हजार ६६८ जना भारतीय पर्यटक आएकोमा यो वर्ष त्यो संख्या बढेर १ लाख ४९ हजार ६०९ जना पुगेको छ। अघिल्लो वर्ष कोरोना महामारीका कारण लुम्बिनी घुम्न आउने पर्यटकको संख्या उल्लेख्य घटेको राइले बताए। कोभिड जोखिम कम हुँदै गएपछि चालु बर्षको सुरु देखि नै स्वदेशी र  विदेशी पर्यटक आगमन बढदै गएको उनले बताए। लुम्बिनीमा तेश्रो मुलुकका पर्यटक भन्दा आन्तरीक र भारतीय पर्यटकको संख्यामा बृद्धि भएको कोषले जनाएको छ। विशेषगरी पछिल्ला केही बर्ष यता बुद्ध जन्मस्थल लुम्बिनीलाइ आन्तरिक पर्यटकले प्रमुख गन्तब्यको रुपमा लिने गरेको पाइन्छ।  

गत वर्ष कोभिड महामारीमा पनि २ लाख ७० हजार ४२२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए।  यो वर्ष अक्टोबर महिनासम्म झन्डै दोब्बर  अर्थात ४ लाख ६३ हजार ६७७ जना आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषको तथ्यांकमा उल्लेख छ। लुम्बिनीमा विशेषगरुी अशोज महिनाको अन्तिम साता देखि फागुन सम्मै विभिन्न विद्यालय, कलेजका विद्यार्थीहरुको अध्ययन अवलोकन भ्रमण टोलीको बाक्लो उपस्थिती हुने गर्छ। त्यसका साथै भारत उत्तर प्रदेशका विभिन्न विद्यालय र कलेजबाट समेत लुम्बिनीमा भ्रमणमा आउनेको संंख्या अलिहे  बृद्धि भएको छ।  

पर्यटकहरुलाई मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुङ्गा यात्राले आर्कषित गर्ने गरेको छ। बुद्ध जन्मस्थल लुम्बिनी संगै बुद्धक्षेत्रहरु कपिलबस्तुको तिलौराकोट, देवदह, रामग्राम जस्ता बुद्धस्थलहरुमा प्रयाप्त पुर्वाधार विकास र प्रचार प्रसार  हुन नसक्दा पर्यटकको बसाइ भने लम्बिनी सकेको छैन। जसका कारण संख्यात्मक रुपमा पर्यटन आगमन बढेपछि पर्यटन व्यवसाय फष्टाउन नसकेको लुम्बिनी क्ष्ँेत्रका पयटन व्यवसायीको गुनासो छ।  बुद्ध जन्मस्थल लुम्बिनी संगैं बुद्ध सर्किटसँग जोडिएका तिरौलाकोट, देवदह र रामग्राम लगायतका बुद्धस्थलहरुमा समेत लुम्बिनी आउने पर्यटनलाइ पुरयाउने व्यवस्था गर्न सके ती स्थानहरुको समेत पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन।  

प्रकाशित: १९ मंसिर २०७९ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App