२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिमालय एअरलाइन्स्को चीन-नेपाल चार्टर्ड उडान

हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ (चैत ३०,२०७९) देखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरु गरेको छ।

हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०-२१४ ले बिहीबार १ सय ८० चिनियाँ पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ भने कुनमिङदेखि काठमाडौंसम्मको आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७०० यात्रुहरूलाई स्वागत गर्ने अपेक्षा गरेको जनाएको छ।

कोभिड-१९ महामारीसँग सम्बन्धित तीन वर्षको प्रतिबन्धपछि नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले हिमालय एअरलाइन्स्ले चीनबाट नेपालमा नेपालकै पहिलो चार्टर्ड उडान सुरु गरी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनु महत्वपूर्ण कदम भएको जनाएको छ।

एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले चार्टर्ड उडानलाई सफल तुल्याउन सहयोग गरेकोमा चीन र नेपाल सरकारका पदाधिकारीहरूलाई धन्यवाद दिँदै नेपाल र चीन बीचको दौँत्य सम्बन्ध थप मजबुत बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको बताएका छन्।

प्रकाशित: ३ वैशाख २०८० ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App