२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन वर्षपछि नेपाली र चिनियाँ अधिकारीबीच बैठक

चीनको पुरान जिल्लामा साउन ९ देखि ११ गतेसम्म बसेको नेपाली र चिनियाँ सुरक्षा अधिकारीहरूको बैठकका सहभागीहरू।

कोरोना महामारीका कारण नेपाल र चीनका सुरक्षा अधिकारीबीच तीन वर्षपछि औपचारिक बैठक बसेको छ। चीनको पुरान जिल्लामा साउन ९ देखि ११ गतेसम्म बसेको बैठकले सीमाक्षेत्रको सुरक्षा, त्यहाँबाट हुन सक्ने अवैध कारोबार नियन्त्रण, दुई देशबीचको परम्परागत सामाजिक र सांस्कृतिक सम्बन्धका विषयमा छलफल भएको थियो।

तीन दिनसम्म चलेको बैठकमा नेपालका तर्फबाट हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र चिनियाँ समकक्षी पुरान जिल्लाका अध्यागमन विभाग प्रमुखले आआफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए। प्रमुख जिल्ला अधिकारी पौडेलले तीन वर्षपछि चिनियाँ पक्षसँग औपचारिक बैठक बसेको बताए।

‘२०१९ पछि पहिलो पटक दुई देशका अधिकारीबीच औपचारिक बैठक बस्यो,’ उनले भने, ‘बैठकमा सीमा क्षेत्रको सुरक्षा, त्यहाँबाट हुन सक्ने अवैध कारोबार नियन्त्रण, सीमाक्षेत्रका  नागरिकको परम्परादेखिको सामाजिक र सांस्कृतिक सम्बन्ध लगायतका विषयमा गहन छलफल भयो।’

नेपाली पक्षले काठमाडौं–केरुङ–हिल्सा भएर नेपाल भित्रिने निर्माण सामग्री र सीमाक्षेत्रका नागरिकका लागि सरकारले उपलब्ध गराउने नुन, चामल लगायतका खाद्यान्नको ढुवानीमा सहजीकरणको प्रस्ताव राखेको थियो। त्यसमा चिनीयाँ पक्षले सकारात्मक जवाफ दिएको थियो।

कोरोना महामारीका कारण नेपाल र चीनका सुरक्षा अधिकारीबीच तीन वर्षपछि औपचारिक बैठक बसेको छ।

कोरोनापछि झण्डै तीन वर्ष बन्द भएको हिल्सा सीमा नाका मे–१ बाट सञ्चालनमा आएको छ। ‘त्यसयता परम्परागत रूपमा हुँदै आएको व्यापार–व्यवसाय फेरि सुरु भएको छ,’ प्रजिअ पौडेलले भने, ‘सीमा क्षेत्रमा अहिले फेरि चहल–पहल हुन थालेको छ।’

सीमा क्षेत्रमा दुई देशका नागरिकले सदियौंदेखि हाटबजार लगाउने, खाद्यान्न, पशु–चौपाया, जडिबुटीलगायत खरिद–बिक्री गर्दै आइरहेका छन्। चीनले नाका खोलेसँगै सीमाक्षेत्रका नागरिकले भोग्दै आएको खाद्यान्नको समस्या समाधान भएको छ।

नेपाली पक्षले कैलाश मानसरोवर दर्शन गर्न जानेहरूका लागि सहज वातावरण बनाइदिन प्रस्ताव गरेको थियो। त्यसको जवाफमा चिनियाँ पक्षले छलफल गरेर आगामी बैठकमा निर्णय दिने बताएका थिए।

‘कैलाश मानसरोवर दर्शनका लागि लाखौं तीर्थालु आउने भएकाले नाकामा सहज व्यवस्था गरिदिन हामीले चिनीयाँ पक्षलाई प्रस्ताव राखेका थियौं,’ उनले भने, ‘यसबारेमा छलफल गरेर आगामी बैठकमा निर्णय दिन्छौं भनेर उनीहरूले भनेका छन्।’

नेपाली पक्षले कैलाश मानसरोवर दर्शन गर्न जानेहरूका लागि सहज वातावरण बनाइदिन प्रस्ताव गरेको थियो। त्यसको जवाफमा चिनियाँ पक्षले छलफल गरेर आगामी बैठकमा निर्णय दिने बताएका थिए।

बैठकमा चिनियाँ पक्षले खुला सीमाबाट अवैध रूपमा चीन प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको भन्दै त्यसतर्फ ध्यान दिन नेपाली पक्षलाई आग्रह गरेको थियो। ‘चिनियाँ पक्षले बैठकको अधिकांश समय नेपालबाट चीनतर्फ अवैध रूपमा मानिसहरूको प्रवेश भइरहेको भन्दै त्यसलाई रोक्नका लागि सहयोग मागेका थिए,’ बैठकमा सहभागी एक नेपाली सुरक्षा अधिकारीले भने, ‘हामीले चीन विरोधी गतिविधि हुनदिँदैनौं र त्यसरी सीमामा प्रवेश गर्न पनि दिँदैनौं भनेर प्रतिवद्धता जनायौं।’

कोरोना महामारीका बेला पनि चीनले सीमाक्षेत्रका नेपाली नागरिकलाई खाद्यान्नलगायतका आवश्यक वस्तुहरू सहयोग गरेको थियो। बैठकमा यसका लागि नेपाली पक्षले चीन सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको थियो।

तीन महिनामा दुई हजार हुम्ली चीनतर्फ

चीनले मे–१ बाट सीमा नाका खोलेसँगै व्यापार र रोजगारीका लागि दुई हजार भन्दा बढी हुम्लीले जिल्ला प्रशासन कार्यालयबाट प्रवेशपास लिएका छन्। हुम्लाका नेपाली नागरिकलाई चीन जान प्रशासन कार्यालयको पास भए पुग्छ। प्रमुख जिल्ला अधिकारी पौडेलले तीन महिनामा दुई हजार बढीले चीन प्रवेश पास लिएको बताए।

‘यसरी पास लिएकाहरू हिल्सा नाकामा रहेको चिनियाँ अध्यागमन विभागमा दर्ता गराएर रोजगारी र व्यापार–व्यवसायका लागि चीनतर्फ जान्छन्,’ उनले भने, ‘चीनको व्यापारिक केन्द्र ताक्लाकोटसम्म गएर काम गर्न तथा व्यापार गर्न हुम्लाका नागरिकलाई कुनै रोकतोक हुँदैन्।’ हुम्ला बाहिरका नागरिकका लागि भने भिसासहितको राहदानी आवश्यक पर्छ।

चीनले मे–१ बाट सीमा नाका खोलेसँगै व्यापार र रोजगारीका लागि दुई हजार भन्दा बढी हुम्लीले जिल्ला प्रशासन कार्यालयबाट प्रवेशपास लिएका छन्। हुम्लाका नेपाली नागरिकलाई चीन जान प्रशासन कार्यालयको पास भए पुग्छ। प्रमुख जिल्ला अधिकारी पौडेलले तीन महिनामा दुई हजार बढीले चीन प्रवेश पास लिएको बताए।

बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारी पौडेलसँगै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख भिमलाल भट्टराई, सशस्त्र प्रहरी बलका गुञ्जनप्रताप मल्ल, राष्ट्रिय अनुसन्धान विभाग हुम्लाका प्रमुख सत्यनारायण रावतको सहभागिता रहेको थियो।

प्रकाशित: १७ श्रावण २०८० ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App