११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हर्क र कुलमानबीच भेट

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ।

उनीहरूबीच बिहीबार काठमाडौंमा भेटघाट भएको हो। हर्कले सामाजिक सञ्जाल फेसबूकमा तस्बिर पोस्ट गर्दै लेखेका छन्- केही भनिनँ, तपाईंहरू नै भन्नुहोस्।

घिसिङ पनि राजनीतिमा आउने चर्चा छ। आज मात्रै उनले नागरिकसँग राजनीतिमा आउने सङ्केत गरेका थिए। उनले भनेका थिए- म राजनीतिमा आउन पनि सक्छु।

यो पृष्ठभूमिमा साम्पाङ र घिसिङबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। त्यसो त साम्पाङले बेला-बेला नयाँ दल गठन गर्ने बताइरहन्छन्। 

प्रकाशित: २८ चैत्र २०८१ २०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App