२५ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपा नेतालाई मुकुलले भने- डेरावालाहरू, मेरो घर नभत्काऊ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीका अरु नेताहरूलाई 'डेरावाला' भनेका छन्।

'गम्भीर भएर सोच्ने बेला आयो कि आएन ? डेरावालाहरूले घर कब्जा गरे तर, घर त मेरै हो, मैले बनाएको। डेरावालाहरू, घर नभत्काऊ,' ढकालले फेसबूकमा लेखेका छन्।

मङ्गलबार (आज) को राप्रपाको खबरदारी सभामा रास्वपाको जनसभामा भन्दा बढी उपस्थिति रहेको उल्लेख गर्दै उनले भनेका छन्- मेरो सामाजिक सञ्जालमा आएर विरोध गरेर के गर्नुहुन्छ ? म त छुट्टीमा छु। रास्वपाको नाममा तपाईंहरूले चलाएको क्लब कसरी तल गइरहेको छ, मूल्याङ्कन गर्नुहोस्। मैले त यो बीचमा सामाजिक सञ्जालमा लेख्ने काम बाहेक के गरेको छु ? त्यति गरिदिएकाले बरू दोष थुपार्न पाउनु भएको छ। अरिङ्गालले गाली गर्न पाएका छन्।

उनले पार्टी जोगाउने बेला भएको भन्दै पार्टीका नेताहरूलाई सोच्न भनेका छन्। 'सोच्नुहोस्, मनन् गर्नुहोस्। पार्टी जोगाउने हो वा होइन ? अरिङ्गालहरू आएर मलाई गाली गर्छन्, त्यसले मलाई केही हुनेवाला छैन। त्यसले मेरो एउटा रौँ पनि छुँदैन। तर, मलाई चिन्ता छ, अरिङ्गालको लै-लैमा लागेर तपाईंहरूले पार्टी सक्काउने हुनुभयो,' उनले भनेका छन्।

ढकाल रास्वपाको संस्थापक महामन्त्री हुन्। तर, उनी अहिले पार्टीको निलम्बनमा परेका छन्।

प्रकाशित: २६ चैत्र २०८१ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App