१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध

फाइल।

कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएका छन्।

रुकुम पश्चिमको मुसिकोट–११ मा स्थित पृतिबाङ खोलामा बाढी आएपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ।

कालीकोटको पचालझर्ना गाउँपालिका–८ मा पहिरोका कारण कालीकोट–हुम्ला खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

कालीकोटको खाडाचक्र–८ सिम्लाघार्डमा ढुङ्गा खसेका कारण सुर्खेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कालीकोटकै सन्नीत्रिवेणी–३ सिस्नेगाड, रास्कोट– ८ भार्तडीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

भेरीगङ्गा–११ साधिकोखोला पहिरो जाँदा जाजरकोट सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित: २८ चैत्र २०८१ २०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App