५ आश्विन २०८१ शनिबार
image/svg+xml

संसद विघटनविरूद्धको संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने

संसद विघटनविरूद्धको मुद्दामा इजलासको विषयमा कानुन व्यवसायीले विवाद गरेपछि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने निर्णय गरेका छन्।

पत्रकार पन्त र लामा पक्राउप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ।

लुम्बिनी प्रदेश सरकार सुरक्षित रहेको मन्त्री चौधरीको दाबी

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबी गरेका छन्।

सञ्चारमाध्यमलाई संग्रौलाको प्रश्न : राष्ट्रपतिविरुद्ध कसले के अभद्र नारा लगायो?

लेखक खगेन्द्र संग्रौलाले आम सञ्चारमाध्यमसँग राष्ट्रपतिविरुद्ध कसले के अभद्र नारा लगायो भनी प्रश्न गरेका छन्।

कर्णाली सरकार झन बलियो, मन्त्री रावल र सांसद रोकाय प्रचण्ड–नेपाल समूहमा

नेकपा विभाजनले अरु प्रदेशका सरकार परिवर्तनको तयारी भइरहेको बेला कर्णाली प्रदेश सरकार भने झन बलियो भन्दै गएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद छन्।

भारतमा दाहसंस्कार घाट भत्किँदा १८ मलामीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित गाजियावादमा दाहसंस्कार घाट भत्किँदा मलामी गएका कम्तीमा १८ जनाको मृत्यु भएको छ।

काठमाडौं विश्वविद्यालयका ‘भ्रष्ट र विवादित’ पदाधिकारीलाई पुनः नियुक्ति नगर : डा. केसी

चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बसेका प्रा. डा गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका भ्रष्ट र विवादित पदाधिकारीलाई पुनः नियुक्ति नगर्न सरकारलाई चेतावनी दिएका छन्।

प्रज्ञा भवनमा नेकपा ओली पक्षको ‘बृहत् कार्यकर्ता भेला’

काठामाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी ओली पक्षको बृहत् कार्यकर्ता भेला सुरु भएको छ।

नेकपा ओली समूहले आज ‘बृहत् कार्यकर्ता’ भेला गर्दै

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा ‘बादल’, उप प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।

दाहाल–नेपाल समूह एक्लै सडकमा

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।

दाहाल-नेपाललाई ओलीको आरोप : संघीयता, गणतन्त्र ठिक होइन भन्ने बनाउन लागे

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ जाँगर आउन लागेको दावी गरेका छन्। ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले आफ्नो कदमले गतिहिनतालाई अन्त्य गरेको बताए।

‘कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी समायोजन गर्नू’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको पद, दरबन्दी र समूह किटान गरेर मात्र कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारी र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले बुधबार कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको हो ।

विकासको कामबाट त्रसित भएकाहरु सरकारविरुद्ध लागेः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन्। मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा बुधबार आयोजित समारोहमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राखे।

आठ वटा अवैध क्रसर बन्द गर्न पत्राचार

भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकवेशी नगरपालिका–१ मा भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लेकवेशी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशोधन उद्योग, बराहताल गाउँपालिकामा सञ्चालित देउतीमाता वालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एण्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरु बन्द गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

बजेट पाएको भए पाँच वर्षमा निर्माण सकिन्थ्यो

सरकारले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, ऐतिहासिक पुरातात्विक सम्पदा, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवनलगायत संरचना पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकिएको समयभित्र पुनर्निर्माण सम्पन्न गर्न सकेन। गत मंसिर १५ माबसेको मन्त्रिपरिषद् बैंठकले प्राधिकरणको म्याद एक वर्ष अर्थात २०७८ पुस १० सम्म थप गरिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्