९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश सरकार सुरक्षित रहेको मन्त्री चौधरीको दाबी

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबी गरेका छन्। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी शाखाले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेशका सांसदहरुले अहिलेसम्म मुख्यमन्त्रीविरूद्ध अविश्वासको मत जाहेर नगरेको तथा त्यसको कतैपनि तयारी वा असन्तुष्टि नसुनिएकाले लुम्बिनी प्रदेश सरकार फेरबदल तत्काल नहुने बताएका हुन्।  

यस्तै, उनले पूर्व माओवादीका ५ देखि ७ जना सांसदहरु ओली पक्षतिर आउन लागेको समेत बताए। त्यसकारण पनि लुम्बिनी प्रदेश सुरक्षित रहको उनको दाबी छ।

अर्को प्रसंगमा उनले प्रचण्ड–माधव समूहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाएको। संसद पुनःस्थापना हुने सम्भावनमा नरहेको भएपनि आफूहरुले अदालतको निर्णय मान्ने उनको भनाई छ।

शंकर पोखेरल मुख्यमन्त्री रहेको लुम्बिनी प्रदेश सभामा ओली पक्षको बहुमत रहेको छ।

प्रकाशित: २० पुस २०७७ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App