५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पत्रकार पन्त र लामा पक्राउप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ।      

टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहेका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहेका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासङ्घ शाखाले जनाएको छ। शाखाका अध्यक्ष सन्तराम बिंडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाहीको माग गर्दै प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।      

 

 

प्रकाशित: २२ पुस २०७७ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App