coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाहाल-नेपाललाई ओलीको आरोप : संघीयता, गणतन्त्र ठिक होइन भन्ने बनाउन लागे

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ जाँगर आउन लागेको दावी गरेका छन्। ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले आफ्नो कदमले गतिहिनतालाई अन्त्य गरेको बताए। "तीन वर्षसम्म कार्यकर्ता गतिहिन अवस्थामा रहे। अहिले त्यो अवस्थाबाट मुक्त भएका छन्', उनले भने, 'यस्ता झड्काले आन्दोलन सकिने होइन शुद्धिकरण हुन्छ।'

उनले संसद पुन:स्थापना हुने अवस्था नरहेको उनले बताए। वहुमतको सरकारले चलाउन सक्दिन भनेपछि संसदीय व्यवस्थामा संसद विघटन हुने बताए।

संसारमा आफ्नै अध्यक्षका विरुद्ध यस प्रकारका तमासा सडकमा नहुने उनले बताए। प्रचण्ड-माधव नेपाल समूहमा बहुमत भए पार्टीको बैठकमा आए हुने उनले बताए। आफु निर्वाचित अध्यक्ष भएको ओलीले बताए। दुई पार्टी मिलाउँदा दुई अध्यक्ष राखिएको बताउँदै ओलीले प्रचण्ड-माधव समूहमा कुन हैसियतमा दुई अध्यक्ष राखियो भन्दै प्रश्न गरे।

निरास जनता खतरा हुने उनले बताए। नेता कार्यकर्ता निरास होइन आशावादी हुनु पर्ने ओलीले बताए। कार्यकर्ता भिडाउने तमासा गरिएको उनले बताए। पार्टीलाई मिलाउनै नदिने गरी प्रचण्डले आरोप पत्र ल्याएको र आरोप पत्र प्रकाशित गरेर तलतलसम्म वितरण गरेको आरोप लगाए। 'पत्रकार सम्मेलन गरेर कार्यकर्तालाई जुनसुकै परिस्थितिमा रहन उहाँहरुले भन्नु भयो', ओलीले भने, 'पार्टी फुट्यो भन्नु भयो। उहाँहरु पार्टी फुटाउने तयारीमा हुनुहुन्थ्यो यो पुरानै प्रयास हो।'

पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओलीले छोड्न पर्छ भनेर निर्लज्ज तरिकाले आफुलाई भनिएको उनको भनाई छ।यो आन्दोलन जसले बनयो त्यसले सबै छोडेर विगार्नेलाई दिन नसकिने उनले बताए।  

'मलाई मात्र होइन प्रदेश प्रदेशमासमेत दाहाल-नेपालले आक्रमण गर्नु भएको छ,' 'संघीयता ठिक होइन गणतन्त्र ठिक होइन भन्ने बनाउन लाग्नु भएको छ। राष्ट्रपति भन्दा राजा ठिक भन्ने बनाउन लाग्नु भएएको छ। राष्ट्रपतिमाथीको आक्रमण त्यही हो।' प्रतिगन तिर फर्कन नसकिने उनले बताए।  

संविधानकै कार्यान्वनका लागि संसद विघटनको कदम चलेको उनले बताए। ओलीले बहुमत ल्याउन सकैलाई सहज नभएको बताए।

 

प्रकाशित: १७ पुस २०७७ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App