१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा दाहसंस्कार घाट भत्किँदा १८ मलामीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित गाजियावादमा दाहसंस्कार घाट भत्किँदा मलामी गएका कम्तीमा १८ जनाको मृत्यु भएको छ।  

भारतीय  सञ्चारमाध्यमका अनुसार गाजियावादको  मुरादनगरमा भएको दुर्घटनामा मृतकको संख्या बढ्ने अनुमान छ।  

घटनाबारे सबै विवरण पेस गर्न उत्तर  प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्।  

स्थानीय प्रहरी र एनडीआरएफको टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरिरहेको बताइएको छ। घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ।  

प्रकाशित: १९ पुस २०७७ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App