काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र आज बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मिस्टिक माउण्टेन होटलमा बालुवा अनलोड गर्न टिपर पछाडि गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार अनुसार बालुवा अनलोड गर्दा अन्दाजी डिलबाट सात मिटर तल टिपर खस्दा च्यापिएर घोरासैनीको घटनास्थलमै मृत्यु भएको हो। रासस
प्रकाशित: ३१ चैत्र २०८१ ११:३३ आइतबार





