१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

विकासको कामबाट त्रसित भएकाहरु सरकारविरुद्ध लागेः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन्। मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा बुधबार आयोजित समारोहमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राखे।  

उनले प्रदेश सरकारले छोटो अवधिमा दीर्घकालीन प्रभाव पार्ने खालका महत्वपूर्ण काम गरेको उल्लेख गर्दै सरकारको विकासको कामबाट त्रसित भएका व्यक्तिले सरकारका विरुद्ध कार्य गरिरहेको बताए। पौडेलले मकवानपुरबाटै निर्वाचित भएका व्यक्तिले यही जिल्लाका मुख्यमन्त्रीविरुद्ध काम गरिरहेको घटनालाई जिल्लावासीले मसिनो गरी केलाउनुपर्ने धारणा राखे। जिल्लाको विकास नचाहनेलाई पहिचान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले कुन नेता ठीक र कुन बेठीक भनेर छुट्याउनुपर्ने बेला भएको बताए।  

स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको सहकारीलाई शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले थैलीमा राखेर पुँजी नबढ्ने धारणा राखे। सहकारीले देशमा उत्पादन तथा रोजगारी सिर्जना गर्नेगरी काम गर्नुपर्ने उनको भनाइ थियो। उनले देशमा थुप्रै अवसर भए पनि पुँजी अभावका कारण बाहिरिएका जनशक्तिलाई स्वदेशमा नै भित्र्याउन सहकारीले भूमिका खेल्नसक्नुपर्ने बताए। “हाम्रो सहकारीमा यति करोड निक्षेप छ भन्नेभन्दा पनि हामीले यस्ता उद्यम सञ्चालन गरेका छौँ, ती उद्योगमा यति जनशक्तिले रोजगारी पाएका छन्, हामीले यति उत्पादन गरेका छौँ, सहकारीका माध्यमबाट हामी आत्मनिर्भर भएका छौँ यस्ता कुरा सुन्न पाइयोस्”, पौडेलले भने। रासस

प्रकाशित: १६ पुस २०७७ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App