७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रज्ञा भवनमा नेकपा ओली पक्षको ‘बृहत् कार्यकर्ता भेला’

तस्बिरहरू : प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्विटरबाट।

काठामाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी ओली पक्षको बृहत् कार्यकर्ता भेला सुरु भएको छ। 

काठमाडौं जिल्ला कमिटीले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको भेलालाई प्रधानमन्त्री ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

अहिले कार्यक्रममा नेताहरूले सम्बोधन गर्ने क्रम जारी छ। 

भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताले मन्तव्य राख्ने नेकपा ओली समूहले जनाएकाे छ।

गत बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला गरेको थियो।

प्रकाशित: १८ पुस २०७७ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App