९ आश्विन २०८१ बुधबार
image/svg+xml

स्वयम्भू स्तूप परिसरका घर बुद्धाचार्य परिवारलाई हस्तान्तरण हुँदै

स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ। विसं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनर्निर्माण गरी यही वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गरिने छ।

डढेलोबाट विस्थापित परिवारलाई राहत

गत चैत २२ गते स्थानीय सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका छविलाल ढकाल, डम्बरप्रसाद गेलाल, उद्धव भुजेल, नरबहादुर भुजेल र यामबहादुर भुजेल परिवारलाई कोषले राहत प्रदान गरेको हो।

‘महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्छौं’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने महामन्त्री डा.शशांक कोइरालाले बताएका छन्। उनले कोइराला परिवारका नेता एक ठाउँमा रहेको र महाधिवेशनमा पनि मिलेर अघि बढ्ने बताए। ‘हामी तीन जना कोइराला (शशांक, शेखर र सुजाता कोइराला) अहिले एक ठाउँमा छौं, भोलि पनि हुनेछौं, महाधिवेसनमा पनि मिलेर अघि बढ्नेछौं।’

भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै, एकैदिन ४७ हजार जना संक्रमित

गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष सुरु भएयताको नै सब भन्दा बढी हो। यस अवधीमा कोरोना संक्रमणबाट २ सय १२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९ सय ६७ जना पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ।

बहराइनका राजपरिवारका सदस्यसहितको टोली ८० दिन नेपालमा रहने

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली सोमबार नेपाल आइपुगेको छ।

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ।

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

भागरथीको बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो। उक्त समाचार आएपछि सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि ‘भागरथीकी आमाका आँशु पुछौँ’ अभियान सुरु गरेको थियो। उक्त अभियानमा कोरियामा रहेका १ सय६९ सहयोगीहले स्वःस्फूर्तरूपमा सहयोग गरेका थिए।

‘निर्वाचन सहभागी हुन्छौं’

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रतिशोधको राजनीति नभई मेलमिलाप र सहकार्यको राजनीतिक गर्नुपर्नेमा जोड दिएका छन्।

बन्द प्रभावः विपन्नको अगेनोमा बलेन आगो

वीरेन्द्रनगरका बाढीपीडित तुलबहादुर सुनार अटो चलाउँछन्। जसबाट उनी दैनिक सात/आठ सय रुपैयाँसम्म आम्दानी गर्छन्। उनले आम्दानीको पाँच सय रुपैयाँ अटोको मासिक किस्ता बुझाउन छुट्याउनु पर्छ भने बाँकी रकमले साँझबिहानको छाक टार्न र छोराछोरीको शिक्षादीक्षामा खर्चिन्छन्। तर प्रचण्ड–माधव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार गरेको बन्दको प्रभावले गर्दा उनले अटो चलाउन पाएनन्।

भान्सामा नुन र आयोडिन प्रयोग बढी

नुन र आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हुन्। यी तत्वबिना शरीरको सन्तुलनमा समस्या आउँछ। तर नेपालमा यी दुवै तत्वको प्रयोगमा असन्तुलन भइरहेको अध्ययन तथा सरोकारावालाले औंल्याएका छन्। आयोडिन सचेतना अभियान महिनाका अवसरमा परिवार कल्याण महाशाखाले सोमबार सञ्चारकर्मीमाझ यस्तो जानकारी दिएको हो।

ओली समूहले पूर्वलडाकु र शहीद परिवारका नाममा गोहीको आँसु नचुहाए हुन्छः वर्षमान पुन

६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो’, शनिबार सन्धीखर्कमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले भने, ‘मैले धेरैपटक सहजीकरण गरें। हुन्छहुन्छ भन्दै काम गर्नुभएन। हिजो प्रचण्डले हेरेन भनेर ठूला कुरा गरेको हामी सुन्छौं। तीन वर्षसम्म घच्घयाउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौं भनेर भाषण गरेको सुनेका छौं।’

म्याग्दीमा ६ सय खरका छानोलाई जस्तापाताले फेरिने

म्याग्दीमा यसबर्ष करिब ६ सय गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छानो हटाएर जस्तापाता लगाइने भएको छ।

विपन्नका लागि ‘नयाँ लुगा न्यानो लुगा’

कपिलवस्तुमा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी ‘नयाँ लुगा न्यानो लुगा’ अभियान सञ्चालन गरिएको छ ।

परिवारै काेराेना संक्रमित हुने क्रम बढ्दो, जाडोमा झन् जोखिम

नेपालमा सुरुमा गत चैत ११ बाट गरिएको लकडाउन १ सय २० दिनपछि खुल्नासाथ तराईबाट राजधानी आउने क्रम ह्वात्तै बढेको र दोस्रोपटक गरिएको निषेधाज्ञापछि मानिस परिवारसँगै बस्न थालेपछि घरपरिवार नै संक्रमणको ‘क्लस्टर’ बनेको बताउँछन्, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन।

बेपत्ता परिवारको पीडा: मान्छेले गर्ने काम पैसाले गर्दैन

‘मान्छेले गर्ने काम पैसाले गर्दैन।’ तत्कालीन माओवादी द्वन्द्वका समयमा श्रीमान बेपत्ता पारिएकी पूर्वी रोल्पाकी ४१ वर्षीया निर्मला (नाम परिवर्तन)ले भनिन् ‘रगतसंग पैसा साटियो। योगदान दिनेहरु मारिए या त हराईए। अवसरवादी र कायरहरुले राज गरिरहेका छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्