८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘निर्वाचन सहभागी हुन्छौं’

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रतिशोधको राजनीति नभई मेलमिलाप र सहकार्यको राजनीतिक गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल परिवार दल काठमाडौं प्रदेश १ सम्पर्क समितिद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दल हारेर भए पनि देश बचाउने बेलाआएको बताएका हुन्। अध्यक्ष ढकालले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथ गर्ने बताउँदैे सबोच्चले निर्वाचनमा जान आदेश दिए परिवार दलले निर्वाचनमा भाग लिने समेत बताए।  

परिवार दल जातीय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रवाद भेनेको सबै जातधर्म भाषा र संस्कृतिलाई सम्मानअधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उद्देश्य नेपाली जनताको सपना साकार पार्ने रहेको बताए।  

अध्यक्ष ढकालले पुराना राजनीतिक दलहरूले जनतालाई पटक पटकधोकादियकाले अब वैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउँदै परिवार दल सोही कार्यमा अघि बढ्ने स्पष्ट पारे। आफ्नो निहीत स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाई बदनाम गर्दै हिँड्नेहरूबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ संस्कारयुक्त राजनीतिक शक्ति नेपालको आवश्यकता भएको र त्यसको नेतृत्व परिवार दलले गर्ने बताए।

प्रकाशित: ४ फाल्गुन २०७७ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App