९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

स्वयम्भू स्तूप परिसरका घर बुद्धाचार्य परिवारलाई हस्तान्तरण हुँदै

स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ। विसं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनर्निर्माण गरी यही वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गरिने छ। 

स्वयम्भू पुनर्निर्माण समिति एवं काठमाडौँ महानगरपालिका वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले स्वयम्भूका पुजारीका रुपमा शदियौँदेखि बस्दै आएको बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) पुनर्निर्माण दुई वर्षमा सकिएकाले आगामी सोमबार घरधनीलाई हस्तान्तरण गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए।

कामपाका प्रवक्ता डङ्गोलले भने,'घर एकीकरण गरेर (हाउस पुलिङ प्रणालीबाट) सञ्चालन गरिएको काठमाडौं महानगरको यो पहिलो योजना हो।' पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ। कामपा–१५ का वडा सदस्य आनन्द गौतमका अनुसार पुनर्निर्माणका लागि करीब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। सोमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुनर्निर्माण सम्पन्न गरिएको हो। 

सो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले बेहोरेका हुन्। पुनर्निर्माणको काम २०७५ पुस ३० गतेदेखि थालनी गरिएको थियो। पुनर्निर्माण गरिएका घर घरधनीबाट एकपछि अर्कामा पुस्तान्तरण गर्न मिले पनि बेचविखन गर्न भने पाइने छैन।

प्रकाशित: १० वैशाख २०७८ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App