९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

पूर्वि चितवनको खैरहनी नगरपालिका-१ स्थित पुर्वपश्चिमम राजमार्गको बहेराचोकमा प्र २-३-००१ च ५९५९ नम्बरको बलेरोले बुधबार साँझ साढे सात बजे पैदल यात्री रौतहट कटहरियाका ७० वर्षीय लोचन यादवलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भई भरतपुर अस्पताल उपचारको लागि ल्याइएकोमा चिकित्सकले साँझ ८ बजे यादवलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रकाशित: ९ आश्विन २०८१ २१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App