२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

डढेलोबाट विस्थापित परिवारलाई राहत

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोबाट विस्थापित पाँच परिवारलाई राहत प्रदान गरेको छ। गत चैत २२ गते स्थानीय सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका छविलाल ढकाल, डम्बरप्रसाद गेलाल, उद्धव भुजेल, नरबहादुर भुजेल र यामबहादुर भुजेल परिवारलाई कोषले राहत प्रदान गरेको हो।  

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको खोटेहाङ गाउँपालिका प्रतिनिधि इन्द्रकुमार राई (इन्द्र नारथुंगे) ले वडा सदस्य केदारप्रसाद ढकालको रोहबरमा डढेलोपीडित प्रतिपरिवार १० हजारका दरले राहत प्रदान गरेका हुन्। डढेलोले घर जलेपछि पूर्ण रूपमा विस्थापित पीडितलाई दैनिक जीवनयापनमा सहयोग पुर्‍याउनका लागि राहत रकम प्रदान गरिएको खोटाङ प्राकृतिक  

प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन  किरातले बताए। यससँगै चालु आवमा २६ पूर्ण र २ आंशिक गरी २८ अग्निपीडित परिवारलाई राहत प्रदान गरिसकिएको कोषले जनाएको छ। प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङेको अगुवाइमा २०७२ सालमा कोष स्थापना गरिएको थियो।

प्रकाशित: २८ चैत्र २०७७ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App