२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै, एकैदिन ४७ हजार जना संक्रमित

तस्बिरः एजेन्सी

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन्।

गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष सुरु भएयताको नै सब भन्दा बढी हो। यस अवधीमा कोरोना संक्रमणबाट २ सय १२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९ सय ६७ जना पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ।  

भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ। कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६ सय ४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४ सय ६८ जना संक्रमणमुक्त भएका छन्।  

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म चार करोड ५०लाख भन्दा बढीले खोप लगाइसकेका छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८ सय २३ जनामा कोरोना भाइरस देखिएको र एक जनाको मृत्यु भएको हो। नयाँ दिल्लीमा कोरोना सुरु भएदेखि यता हालसम्म १० हजार ९ सय ५६ जनाको मृत्यु भईसकेको छ।  

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ। परिषद्का अनुसार आइतबारसम्म भारतमा २३ करोड ४० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। आइतबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७७ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App