२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

करोडौको संख्यामा रहेको सलहको ठूलो झुन्ड कपिलवस्तुमा

बालीनाली सखाप पार्ने फट्यांग्रा जातका कीरा सलह कपिलवस्तुमा पनि करोडौ संख्याको झुन्डमा भित्रिएका छन् । भारतको सिद्धार्थनगर जिल्ला हुँदै जिल्ला भित्रिएका हुन ।

कृषि मन्त्री भुषालले भने : 'सलहसँग सतर्क रहनुस् तर नआत्तिनुस्'

कृषि मन्त्री घनश्याम भुसालले सलह किरादेखि नआत्तिन किसानलाई अनुरोध गरेका छन् । सलह किरा प्रबेश गर्नेवित्तिकै आत्तिनुपर्ने अवस्था आएको छैन, उनले भने, सतर्क र सचेत रहनुपर्छ तर आत्तिनु हुदैन ।

शनिबार रुपन्देहीमा फुर्तीफार्ती देखाएको सलह आइतबार झरीले सुस्तायो

खेती लगाउने बेला शनिबार एकाएक सलहको बथान जिल्ला पसेपछि आत्तीएका किसानलाई आइतबारको मौसमले केही राहत दियो ।

सलह आए धपाउने तयारीमा म्याग्दीका किसान

गण्डकी प्रदेशका कास्कीसहित विभिन्न जिल्लामा सलह किरा देखिएपछि म्याग्दीका किसानलाई आवश्यक तयारी थालेका छन् । मानो छरेर मुरी उमार्ने सिजनमा धान रोपाईमा ब्यस्त रहेका किसानले एक्कासी पहिलोपटक सलह किरा तराई हुदै पहाडी जिल्लामा भित्रिएपछि आवश्यक सावधनीका लागि तयारी सुरू गरेका हुन् ।

खोटाङमा पनि देखियो सलह किरा

भारतबाट तराई प्रवेश गरेको सलह किरा खोटाङका विभिन्न स्थानमा पनि देखिएको छ। ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो।

सलह प्रकोप एक महिनासम्म रहन सक्छ : विज्ञ

बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए ।

सलह नियन्त्रण गर्न प्रदेशद्वारा संघसँग समन्वय

सलह जातको फट्यांग्रा भारत हुँदै बारा र सर्लाही जिल्लामा प्रवेश गरेसँगै प्रदेश २ सरकारले नियन्त्रणका लागि प्रयास अघि बढाएको छ। प्रदेश सरकार संघीय सरकारसँग समन्वय गरेर सलह नियन्त्रण कार्य अघि बढाएको हो।

तराई र पहाडमा सल्कियो सलह

सरकारले गठन गरेको प्राविधिक समितिले यो वर्ष नेपालमा सलह नआउने निष्कर्षसहितको प्रतिवेदन बुझाएका थियो। तर एकाएक सलह आएपछि त्यो प्रतिवेदनले फेल खाएको छ।

पहाडी जिल्ला पाल्पामा सलहको बास

भारतीय सीमा क्षेत्रबाट रुपन्देही हुँदै भित्रिएका सलह पाल्पामा बास बसेका छन् । प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा शनिबार दिउँसो देखिएका सलह किरा पाल्पामा रोकिएका हुन् ।

रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो

रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । आज दिउँसो बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी बजार, चरङ्गे लगायतका क्षेत्रमा सलहको बथान देखिएको थियो ।

एक किलो सलह समाते २० रुपैयाँ पुरस्कार

शनिबार विहान देखी फैलिएको सलह किराको प्रभाव प्रदेश नं ५ मा बढि देखिएको छ । शनिबार बुटवल आसपासका क्षेत्रमा ठुलो संख्यामा सलहहरू फैलिएको थियो । सलह नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मनत्रालय प्रदेश नं ५ ले आन्तरिक मामिला मन्त्रालय सहितको बैठक बसी तत्काल नियन्त्रणको प्रयास गर्ने निर्णय गरिएको प्रवक्ता विनोद घिमिरे जानकारी दिए ।

सर्लाहीको लालबन्दीमा सयौं सलह, बालीनालीमा छ्याप्छ्याप्ती

विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह कीरा एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञले बताएका छन् ।

विज्ञ भन्छन्, सलह पहाड उक्लन सक्छ

शनिबार विहान देखी तराई क्षेत्रमा देखिएको सलह किरा अधिकांश तराईका जिल्लामा फैलिइसकेको छ । तराई क्षेत्रमा फैलिएको सलह पहाड चढ्न सक्ने विज्ञहरुले बताएका छन् । कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ बैज्ञानिक डा.सुनिल अर्याल सलह किरा अहिलेको हावाको वहावलाई हेर्दा पहाड तिर पनि जान सक्ने बताए ।

बारामा सलहकाे बिगबिगी

मानिसले विहान बेलुका बाच्नको खाने अन्न बालीलाई छिन भरमै सखाप पार्ने सलह किरा जिल्लाको बिभिन्न स्थानहरूमा देखा परेको छ। शनिबार बिहानै सिमरा, डुबरवाना, निजगढमा सलह किरा देखा परे पछि किसानहरू चिन्तित बनेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्