coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश ५ मा फेरी अर्को सलहको झुन्ड छिर्यो

प्रदेश न. ५ मा फेरी भारत हुँदै पहिलेको भन्दा ठूलो संख्यामा सलहको झुन्ड छिरेको छ । रुपन्देही र कपिलवस्तुमा भारत हुँदै बाक्लो मात्रामा सोमबार दिउँसोदेखि सलह आएको स्थानीयहरूले बताएका छन् । पहिलेको भन्दा बाक्लो झुन्ड आकाशमा देखिएको स्थानीयलाई उदृत गर्दै कार्यदलका संयोजक एंव बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले बताईन ।  

नयाँ झुन्ड हो या आएकै झुन्ड हो त्यसको पहिचानमा जुटेको बताईन । ‘रुपन्देहीको सियारी, शुद्धोधन र कपिलबस्तुको मायादेवीमा नयाँ सलहको झुन्ड देखिएको छ,’ अधिकारीले भनिन, ‘पहिले भन्दा बाक्लो संख्यामा आएकाले यसले क्षती गराउनसक्छ ।’ उनका अनुसार यसअघि आएको सलहको झुन्डले बालीमा क्षती गराएको छैन । रुपन्देहीको मर्चवार र कपिलबस्तुको भारतीय सिमा हुँदै सलह आएको हुनसक्ने भएकाले अध्ययन अनुसन्धानमा जुटेको उनले बताईन । रुपन्देही र कपिलबस्तुमा देखिएको सलह उत्तरतर्फ लागेको छ । रुपन्देहीको सियारीमा भने केहि ठाउँमा बसेको सूचना आएको छ ।  

सोमबार दिउँसो २ बजेतिर रुपन्देहीको सियारी गाउँपालिका हुँदै कपिलवस्तुतर्फ प्रस्थान गरेको सूचना आएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले बताए ।  

खेतीका लागि अनष्टि मानिएको सलहको अर्को झुन्ड पुनः आएपछि किसानहरू थप त्रसित भएका छन् । ‘दिउँसो २ बजेतिर  सियारीको आकाशमा सलहको झुन्ड देखियो, उत्तरतर्फ उडेको छ’ रुपन्देही सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या चौधरीले भने । शनिबार रुपन्देही हुँदै प्रदेश न. ५ का पहाडी जिल्लासम्म पुगेको सलहको अर्को झुन्ड पनि आएको सूचना आएपछि प्रदेश सरकारले गठन गरेको सलह व्यवस्थापन कार्यदल थप अध्ययनमा लागेको छ ।  

प्रदेश न. ५ को रुपन्देही सहित, कपिलबस्तु, नवलपरासी (पश्चिम), पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ र बर्दियासम्म सलहको झुन्ड देखा परेको परेको छ ।  उनले अहिलेसम्म बालीनालीमा भन्दा पनि रुखहरूमा झुन्ड झुन्ड भएर बसेकाले ठूलो क्षती नभएको बताईन्। सलहको ठूलो संख्या भन्दा पनि अलग्एिका झुन्डहरू धेरै देखिएकाले क्षती कम भएको विज्ञहरूले बताएका छन् ।  

सोमबार पुनः भारत हुँदै सलह आएको सूचनाले किसानलाई भने थप शंका र त्रास उत्पन्न गराएको छ । सलह व्यवस्थापन कार्यदलले भने सल नियन्त्रणका लागि कहाँ बस्छ त्यसको पहिचानमा जुटेको जनाएको छ ।  

सलह नियन्त्रणका लागि प्रदेश ५ सरकारले सलह मारेर ल्याउने किसानलाई प्रति केजी २० रुपैयाँ दिने निति लिएको छ । यसका साथै खेतीबालीमा बसेको बेलामा बिषदी छर्केर मार्न समेत आग्रह गर्दै आएको छ ।  शनिबार देखिएको सलह रुपन्देही हुँदै पाल्पा, अर्घाखाँची हुँदै पहाड तर्फ गएको थियो ।

प्रकाशित: १५ असार २०७७ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App