८ वैशाख २०८१ शनिबार
फोटो फिचर

मादल र थाल ठटाएर सलह भगाए

बर्दियाको गेरुवा गाउँपालिका–१ को बगहीपुर र जनकनगरका स्थानीयले मादल र थाल ठटाएर सलह भगाएका छन् । दिउँसो धान खेतमा सलहको बथान आएको थाहा पाएपछि गाउँलेहरु मादल र थाल ठटाउँदै खेतमा पुगेको वडा अध्यक्ष दयाराम वैद्य थारुले बताए । ‘धान सुपरजोमा कार्यरत कृषि प्राविधिकले धान खेतमा सलह आएको भनेपछि मादल बजाउँदै, थाल ठटाउँदै, घण्ट बजाउँदै स्थानीयले सलह भगाए । एक सय जति सलह त उनीहरुले मारेका थिए’, वडाध्यक्ष थारुले भने, ‘धान बालीमा भने कुनै क्षति पुगेको छैन ।’

खुशी 60%
दुखी 20%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 20%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App