१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सलहको आतंक

हार्दिक न्यौपाने

हार्दिक न्यौपाने  

कक्षा—२, अक्षरा स्कुल, काँडाघारी, काठमाडौं । 

सलहले नेपालमा प्रवेश गरिसक्यो । सलहले पूरै देशभरि आतंकै मच्चाएको छ गर्मी मौसममा । सलहले सबै रोपेको धानपात खाइदिन्छ । उसलाई त के मतलब र ? हामीलाई पो समस्या हुन्छ त । उसले खाइदिएपछि हामीले केही खानै पाउँदैनौं ।

सलह भारतबाट नेपालमा आको हो । मैले नेपालको बुटवलमा देखें । बुटवलमा देख्दा नराम्रो लाग्यो । सबै धानपात खाइदिएछ । बाँकी केही राखेनछ । त्यही भएर मलाई सलहदेखि रिस उठ्यो । बुटवलमा मामु जानुभएको थियो । ममी गएको  ठाउँमा  सलह आएको देखेर नराम्रो लाग्यो । मामु त्यहाँ अफिसको कामले जानुभको थ्यो ।

मैले मोबाइलको युटयुवमा भिडियो हेरें । सलह फटयाङ्ग्राजस्तै रैछ ।   फटयाङ्ग्रो सलहजस्तै हुन्छ । सलह फटयाङ्ग्राकै प्रजाति हो । नाम मात्रै फरक हो । फटयाङ्ग्राले पनि धान खाइदिन्छ । फटयाङ्ग्रो पनि हरियो हुन्छ रे । बाबाले भनेको । 

मैंले बुटवलमा करौडौं सलह देखें । अरू ठाउँमा पनि आएको छ रे तर मैले बुटवलको मात्र भिडियो देखेको छु ।

अरू देशमा पनि सलह आयो । पाकिस्तान र भारतमा पनि आयो रे । पाकिस्तान र भारत उस्तै लाग्छ । दुवै देशमा हिन्दी बोलेको सुन्छ । मलाई एउटै देश जस्तो लाग्थ्यो तर होइन रैछ । बाबाले भन्नुभएको फरक देश हो रे ।

भारतमा पनि सलहले सखाप बनाएको छ । मैंले युटयुव हेरेर थाहा पाएँ । युटयुवमा देखाइदिनुभाको हो ।  

भारतमा मलाई मनपर्ने एक्टर छ । मलाई मनपर्ने एक्टर प्रभास हो । आमिर खान पनि हो । मेरो मनपर्ने एक्टरले खाने अन्न पनि खाइदियो होला । मलाई नराम्रो लागिराछ त्यो सुन्दा । सलहलाई काटेर मारिदिऊँ जस्तो लागेको छ । बेलुका नसुतेर भए पनि मार्दिऊँ जस्तो लागेको छ । सबै मिलेर मार्दिऊँ जस्तो लागेको छ ।

सबैको कोठाको ढोका उखेलेर आक्रमण गर्दिऊँ जस्तो लागेको छ । पुरानो ल्यापटपले हिर्काइदिऊँ जस्तो लागेको छ । दराजले पनि हिर्काऊँ जस्तो  लागेको छ । घर जत्रै काठ ल्याएर हिर्काइदिऊँ जस्तो लागेको छ । सबैले काठ लिएर हिर्काउन पाए एक घण्टामै सबै मर्थे होला ।

मलाई अलिअलि डर लागेको छ । धेरैचाहिँ लागेको छैन । किनभने म हार्दिक हो । हार्दिकलाई कहिले डर लाग्दैन । बाघ त पाल्ने कुरा गरिराखेको छु । बाघ पाल्ने विचार छ । सानो कीरादेखि किन डराउनु ? सिंहसँग कुस्ती खेल्ने विचार छ । चितुवासँग कुस्ती खेल्ने विचार छ । हात्ती निहुँ खोज्न आयो भने भालाले हान्ने विचार छ । सलह त के हो र ? फटयाङ्ग्रा त हो नि । तरबारले छुँदै पनि मर्छ ।

खानेकुरा सबै खाइदिन्छ भनेर पीर त लागेका छ । मलाई पीरचाहिं लागेको छ तर डरचाहिं छैन । नसुती एक पन्च हान्दिएँ भने मर्छन् ।

सलहले हरियो देख्यो कि खाइदिन्छ रे । करोडौ हुन्छ रे । हरिया चीजको बास्ना सुँघेर थाहा पाउँछ होला । मेरो घरमा हरियो चीज फूल छ । मकै छ । तुलसी छ । क्याकटस छ । क्याटस   खायो भने त सलहको घाँटीमा काँडा बिझेरै मर्छ । स्कुस छ । किम्बु छ । अम्बा नि छ । फर्सी नि छ । एवोकाड पनि छ । छ मैले झूट बोलेको होइन । सबै छ । मकै छ । बेसार छ । बेसार त खाँदैन होला । बेसार पहेलेको हुन्छ । बेसारको बोट हरियो छ तर बास्नाले थाहा पाइहाल्छ । ए साँच्चि पात त खाइहाल्छ नि । बेसार पो खाँदैन त ।

सलह आयो भने सबै फूललाई लिभिङरुममा ल्याएर राख्दिन्छु । केको टेन्सन ? सलहको झुण्ड गएपछि फूल माथि लानी । अनि सबै फूललाई उखेल्दिने । एउटामा फूल राख्दिन्छु । अरू सबैमा फल रोप्दिन्छु । धान पनि रोप्दिन्छु । अर्काे पटक सलह आयो भने फेरि लिभिङ रुममा ल्याइदिन्छु । इजी छ ।

कागती अलरेडी किनेर व्यवस्था गरिसक्यौं । केरा पनि किन्यौं । जाडामा सलह मर्छ रे । सबैतिर फ्यान हाल्दिन पाए पनि मर्दाे हो सलह त । घरको छतमा सबै फ्यान राखिदिने अनि जाडो भएर मर्छ । छतभन्दा अलि तल पनि राख्दिनी । एउटा तलै पनि राख्दिनी ।

मलाई अहिले पनि सलहदेखि रिस उठिराख्या छ । लाटो रिस उठेको छ । लाटो रिस भनेको कहिले शान्त नहुने रिस हो । त्योसँग बोल्दै नबोल्ने रिस हो । त्योसँग सधैं झगडा गरिरहने । यही हो लाटो रिस भनेको । देशकै सबै सलह मरेपछि मेरो रिस शान्त हुन्छ तर सजिलैसँग मर्दैन जस्तै लाग्छ । 

प्रकाशित: १६ असार २०७७ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App