७ वैशाख २०८१ शुक्रबार
अर्थ

दाङमा भित्रियो सलहको ठूलो झुण्ड

देउखुरी लमही क्षेत्रको मकैबालीमा बसेको सलह किरा । तस्बिर सौजन्य : शिबु खनाल

दाङमा सलहको ठूलो समुह प्रवेश गरेको छ । मंगलबार दाङको देउखुरी क्षेत्रबाट घोराही क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको हो । घोराही क्षेत्रको आकाशमा मंगलबार दिउँसो ठूलो संख्यामा रहेको सलहको झुण्ड घन्टौं सम्म उडेको थियो । आकाशमा उडेको सलह घोराहीबाट उत्तर पश्चिम क्षेत्रमा गएको छ । ‘दाङमा ठूलो संख्यामा सलह भित्रिएको छ, तर संख्या एकिन गर्न सकिने कुरा भएन,’ कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले भने, ‘घन्टौं सम्म ठूलो झुण्डमा आकाशमा यो किरा उडेको छ ।’ 

उनका अनुसार देउखुरीको गढवा गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिकाका विभिन्न गाउँको बालीनालीमा यो किरा पसिसकेको छ । त्यहाँ सलहको ठूलो झुण्ड बालीनालमिा पसिसकेकाले किसानहरू चिन्तित बनेका छन्। ‘देउखुरी क्षेत्रमा बालीनालीमै यो किरा बसिसकेको जानकारी आएको छ,’ धितालले भने, ‘देउखुरी हुँदै घोराहीको आकाशमा देखिएको यो किरा उत्तर पश्चिम तर्फ लागेको छ ।’ निकै ठूलो झुण्डमा रहेको सलह दाङमा भित्रिएपछि बालीनालीमा ठूलो क्षेती पुग्ने आँकलन गरिएको छ । मंगलबार सलहको ठूलो संख्या भित्रिएपछि किसानहरूलाई बाली सखाप हुने चिन्ता बढेको छ । ‘अहिले किसानहरूलाई यो किराको त्रासदी निकै बढेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख धितालले भने, ‘बालीनाली जोगाउनका लागि यसलाई भगाउनु बाहेक अर्को बिकल्प रहन्न ।’

कृषि ज्ञान केन्द्रले सलह किराको ठूलो झुण्ड जिल्ला भित्रिएपछि जिल्लाका सबै स्थानीय तहहरूलाई अलर्ट रहन भनेको छ । बालीनालीमा बस्ना साथ यसको क्षेती निकै ठूलो रहने भन्दै केन्द्रले यसबाट बालीनाली जोगाउनका लागि स्थानीयहरूलाई जागरुक बन्न प्रेरित गर्नका लागि स्थानीय तहहरूलाई भनिएको छ । यसैगरि प्रत्येक स्थानीय तहमा रहेका कृषि प्राविधिकहरूलाई सलहको निगरानीका लागि कृष ज्ञान केन्द्रले निर्देशन दिएको छ । ‘जिल्लामा भित्रिएको ठूलो झुण्ड कहाँ कुन स्थानमा पुग्छ ? यसको निगरानीका लागि प्रत्येक स्थानीय तहमा रहेका कृषि प्राविधिकहरूलाई अलर्ट रहन भनिसकेका छौं,’ केन्द्रका प्रमुख धितालले भने, ‘हामीहरू सलहबाट हुन सक्ने क्षेती रोक्नका लागि तयारी अवस्थामा छौं ।’ यि कृषि प्राविधिहरू सलह कता जान्छ भनेर निगरानीमा बसेको पनि उनले वताए ।  

कृषि ज्ञान केन्द्रका अनुसार यो किरा बढि आवाज आउने स्थानमा बस्न सक्दैन । यसर्थ स्थानीयहरूलाई आवाज निकाल्ने बस्तुहरू बजाउन वा होहल्ला गर्नका लागि स्थानीय तहहरूमा मार्फत अनुरोध गरिएको पनि धितालले जानकारी दिए । ‘यो ठूलो आवाज आउने स्थानमा बस्न सक्दैन्, अर्थात आवाज सुनेर भाग्छ भनिएको छ,’ उनले भने, ‘यसर्थ सबै स्थानीय कृषकहरूले आफ्नो बालीनाली जोगाउनका लागि आवाज आउने चिजहरू बजाएर भगाउनु पर्छ ।’ तीन दिन अघि पनि तुलसीपुर क्षेत्रमा पनि फाट्टफूट्ट सलह देखिएको थियो । तर मंगलबार भने यसको अधिक ठूलो झुण्ड भित्रिएकाले कृषि उत्पादन सखाप पार्ने त्रासदी बढाइदिएको छ ।

प्रकाशित: १६ असार २०७७ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App