coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

म्याग्दीका फाँटैभरि छपक्कै सलह

दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।

सलह झुन्ड सुदूरपश्चिममा

भारतको मध्य प्रदेशबाट बिहार र रक्सौल हुँदै भैरहवा प्रवेश गरेको सलह झुन्ड–झुन्डमा विभाजित हुँदै सुदूरपश्चिम प्रदेश पुगेको छ। सलहका स–साना झुन्ड कैलालीको लम्कीचुहा, घोडाघोडी नगरपालिका र कञ्चनपुरको बेलौरी क्षेत्रमा पुगेको छ। सलहको झुन्डले किसानको बालीमा त्यति क्षति नपु¥याए पनि किसान भने त्रसित छन्।

दाङमा भित्रियो सलहको ठूलो झुण्ड

दाङमा सलहको ठूलो समुह प्रवेश गरेको छ । मंगलबार दाङको देउखुरी क्षेत्रबाट घोराही क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको हो । घोराही क्षेत्रको आकाशमा मंगलबार दिउँसो ठूलो संख्यामा रहेको सलहको झुण्ड घन्टौं सम्म उडेको थियो । आकाशमा उडेको सलह घोराहीबाट उत्तर पश्चिम क्षेत्रमा गएको छ ।

रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो

रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । आज दिउँसो बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी बजार, चरङ्गे लगायतका क्षेत्रमा सलहको बथान देखिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्